काठमाडौं, भदौ १६ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै संगठन निर्माणमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जनतामाझ फेरि विश्वास बढेको छ, तर यसलाई संगठनमा रूपान्तरण नगरी दीर्घकालीन सफलता सम्भव छैन । सबै नेता कार्यकर्ताले गाउँ बस्तीमा पुगेर कमिटी निर्माण, सदस्यता विस्तार र जनसंगठनलाई सक्रिय बनाउनुपर्छ।”
अध्यक्ष प्रचण्डले आत्मसमिक्षा र आलोचना आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउने र विगतका कमजोरी सच्याएर जनसम्पर्क विस्तारमा जुट्न निर्देशन दिनुभयो।

सुदूरपश्चिमलाई सम्भावनायुक्त प्रदेश भन्दै उहाँले थपे, “हामीलाई त्यहाँका नेता–कार्यकर्तालाई व्यवस्थित, योजनाबद्ध र परिचालित गर्नुपर्ने चुनौती छ।”
बैठकमा इन्चार्ज गिरिराजमणि पोख्रेलले प्रदेशमा संगठन सुदृढीकरणका लागि कार्ययोजना प्रस्तुत गर्नुभयो।