मिति : २०८२ कार्तिक ३० गते (सनिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ कार्तिक ३०

जनताको समस्या सिंहदरबारसम्म पुर्‍याउने अभियान हो : अध्यक्ष प्रचण्ड

by By: The Our News
भदौ २२, २०८२
248

लम्जुङ, भदौ २२। पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालय पुगेको छ।

विद्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो लामो राजनीतिक यात्रामा यस विद्यालयसँग विशेष सम्बन्ध रहेको स्मरण गर्दै भन्नुभयो, “म धेरै अघि यहाँ आएको थिएँ, पहिलो पटक प्रधानमन्त्री भएपछिसमेत यो विद्यालयमा आएको थिएँ।”

उहाँले हालैको लम्जुङ कृषि क्याम्पस अवलोकन र त्यहाँ भएका छलफलको उल्लेख गर्दै वर्षा यामका कारण पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरिएको बताउनुभयो। “हामीले बैतडीदेखि कास्की सम्म अभियान चलाउँदा बर्खाका कारण स्थगित गर्नुपरेको थियो। अहिले फेरि यसलाई निरन्तरता दिएका छौं। यस अभियानमा हाम्रो जोडिनुको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्‍याउनु हो,” प्रचण्डले स्पष्ट गर्नुभयो।

अभियानका क्रममा जनयुद्ध र जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारसँग निरन्तर भेटघाट भइरहेको जानकारी दिँदै उहाँले उनीहरूको पीडा सम्बोधन गर्न पार्टीले प्रयासरत रहेको बताए। साथै, सरकारमा रहँदा सामाजिक न्याय, सुशासन र विदेशमा रहेका नागरिकका लागि सामाजिक सुरक्षा कोषमा समावेश गर्ने जस्ता काम गरेको पनि स्मरण गर्नुभयो।

“राम्रो काम गर्दै गर्दा हामीलाई सरकारबाट हटाइए पनि भ्रष्ट्राचार अन्त्य र सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौं,” प्रचण्डले जोड दिनुभयो।

अगाडिकाे पाेस्ट

संघीय स्वास्थ्य मन्त्रालयको टोलीद्वारा दुहबी नगर अस्पताल अनुगमन

अर्काे पाेस्ट

नगरपालिकाका जलेर नष्ट भएका कम्प्युटरको सट्टा उद्योगी अलीद्वारा २ थान नयाँ कम्प्युटर हस्तान्तरण

सम्बन्धित अरु

समाचार

तारानन्द चौधरीको अध्यक्षतामा विद्यालय कर्मचारी परिषद् बर्जुको नयाँ कार्यसमिति गठन

असोज २५, २०८२

बर्जु (सुनसरी), २०८२ असोज २४ गते, शुक्रबार ।नेपाल विद्यालय कर्मचारी परिषद् बर्जु कार्य समिति, अमाहिबेल्हा, कोशी प्रदेशको तेस्रो गाउँपालिका अधिवेशन आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ। अधिवेशनबाट तारानन्द...

समाचार

गिरि फाउन्डेसनको पहलमा कैदीबन्दीहरूको स्वेच्छिक रक्तदान

असोज २४, २०८२

मोरङ, असोज २४ ।गिरि फाउन्डेसनको आयोजनामा मोरङ कारागारमा भएको रक्तदान कार्यक्रममा त्यहाँ सजाय भोगिरहेका कैदीबन्दीहरूले स्वेच्छाले रक्तदान गरेका छन्। समाजमा पछिल्ला दिनमा देखिएको रक्तअभावको गम्भीर परिस्थितिमा पनि जेलभित्र रहेका कैदीबन्दीहरूले...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft