मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

जलवायु न्यायमा नेपालको ऐतिहासिक भूमिका: युवाहरूले प्रचण्डको नेतृत्वको प्रशंसा

by By: The Our News
भदौ ९, २०८२
310

अन्तर्राष्ट्रिय न्यायालयको सकारात्मक रायमा नेपालको पहल निर्णायक

काठमाडौं, भदौ ९ – जलवायु न्यायका पक्षमा नेपालले अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice – ICJ) मा प्रस्तुत गरेको ऐतिहासिक भूमिकाले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा पाएको छ। यसै सन्दर्भमा वल्ड युथ फर क्लाइमेट जस्टिस (World Youth for Climate Justice) का प्रतिनिधि युवाहरूले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी प्रधानमन्त्रीका रूपमा खेलेको नेतृत्वको उच्च मूल्यांकन गरेका छन्।

युवाहरूको धन्यवाद ज्ञापन

खुमलटारस्थित प्रचण्डको निजी निवासमा भएको भेटमा युवाहरूले उहाँको प्रधानमन्त्री कार्यकालमा जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय न्यायालयसम्म पुर्‍याउन दिएको निर्देशन र प्रतिबद्धताको सराहना गर्दै धन्यवाद ज्ञापन गरेका थिए। उनीहरूले भने, नेपालको तर्फबाट प्रस्तुत लिखित रायले विश्व न्यायालयमा जलवायु न्यायको बहसलाई सशक्त बनाएको छ।

नेपालको तर्फबाट प्रस्तुत दृष्टिकोण

नेपालसहित ९० भन्दा बढी राष्ट्र र ११ अन्तर्राष्ट्रिय संस्थाहरूले अन्तर्राष्ट्रिय अदालतमा राय पेश गरेका थिए। नेपालको लिखित दृष्टिकोण तत्कालीन प्रधानमन्त्री प्रचण्डको निर्देशनमा तयार पारिएको थियो, जसमा हिमाली मुलुकहरूको संवेदनशीलता, साझा तर फरक जिम्मेवारी (CBDR) को सिद्धान्त, र जलवायु संकटमा विकसित राष्ट्रहरूको वित्तीय र प्रविधीय दायित्वलाई जोड दिइएको थियो।

नेपालले मार्च २०२४ मा अदालतमा पेश गरेको रायमा जलवायु विज्ञान, मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन र विकास नीतिहरूमा आधारित स्पष्ट तर्क र प्रमाणहरू प्रस्तुत गरिएको थियो।

प्रचण्डको अभिव्यक्ति: ‘हामी अधिकार खोज्न गएका हौं’

भेटका क्रममा अध्यक्ष प्रचण्डले भने,
“त्यतिबेला हामी एलडिसी राष्ट्रहरूको नेतृत्व गरिरहेका थियौँ। मैले UNSGA, COP28 लगायत धेरै अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायलाई जोड दिएर उठाएको तपाईंहरूलाई थाहा नै छ। नेपाल कुनै देशको दया माग्न गएको थिएन, हामी आफ्नो अधिकार खोज्न गएका हौं।”

उहाँले जलवायु न्यायलाई राजनीतिक पूर्वाग्रहबाट हेर्न नहुने बताउँदै थप गर्नुभयो, “यो राष्ट्र र मानव अस्तित्वसँग जोडिएको विषय हो। सरकार ढिलाइ नगरी अन्तर्राष्ट्रिय अदालतको रायअनुसार नीतिगत र कानुनी सुधारको दिशामा अघि बढ्नुपर्छ।”

युवाहरूको सराहना र भावी योजना

भानुआतुका युवाहरूले सुरु गरेको अभियानमा नेपाली युवाहरू पनि सक्रिय रूपमा जोडिनु सकारात्मक संकेत भएको प्रचण्डले बताए। उहाँले भेटमा उपस्थित युवाहरू, प्रज्वल विक्रम राना, मनिषा चौधरी, स्वीकृति तिमिल्सिना, हेमान्सु काफ्ले, कुन्दनराज शर्मा, जोनी मैनाली, रिचा श्रेष्ठ, रोजिना श्रेष्ठ र सृष्टि गौतम लाई धन्यवाद दिए। साथै जलवायु र वातावरण सल्लाहकार डा. पपुलर जेन्टल र आफ्नो टोलीलाई पनि योगदानका लागि प्रशंसा गरे।

वल्ड युथ फर क्लाइमेट जस्टिसले भदौ १३ देखि १५ गतेसम्म साउथ एसियन क्लाइमेट जस्टिस फेलोसिप कार्यक्रम आयोजना गर्ने जनाएको छ। सो कार्यक्रममा ICJ को निर्णयपछि अल्पविकसित राष्ट्रहरूले चाल्नुपर्ने कदमहरूबारे बहस हुनेछ।

अन्तर्राष्ट्रिय समुदायको दृष्टि नेपालतर्फ

नेपालले जलवायु न्यायमा प्रस्तुत गरेको स्पष्ट र तथ्यपूर्ण धारणा अन्तर्राष्ट्रिय मञ्चमा सराहना भएको प्रचण्डले स्मरण गरे। उहाँले भने, “मैले स्पष्ट शब्दमा भनेको थिएँ—हामी आफ्नो अधिकार खोज्न आएका हौं। त्यो कुरा विश्वभरबाट सराहना भयो।”

अन्त्यमा अध्यक्ष प्रचण्डले युवाहरुलाई सम्बोधन गर्दै भने, “तपाईंहरू जस्ता प्रतिबद्ध युवाहरू नै नेपालको आशा र भविष्य हो। जलवायु न्याय मानवताको मुद्धा हो। म यो अभियानलाई सधैं समर्थन गर्न तयार छु।”

अगाडिकाे पाेस्ट

अध्यक्ष प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित नेतृत्वलाई बधाई, पर्यटन प्रवर्द्धनमा सरकारको सक्रियता प्रतिवद्ध

अर्काे पाेस्ट

माओवादीप्रति जनविश्वास बढ्दै, प्रतिक्रियावादी आतंकित : अध्यक्ष प्रचण्ड

सम्बन्धित अरु

अन्तराष्ट्रिय

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

अन्तराष्ट्रिय

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft