मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

अध्यक्ष प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित नेतृत्वलाई बधाई, पर्यटन प्रवर्द्धनमा सरकारको सक्रियता प्रतिवद्ध

by By: The Our News
भदौ ९, २०८२
272

ललितपुर, भदौ ९ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ।

खुमलटारस्थित निजी निवासमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानललाई बधाई दिँदै पर्वतीय पर्यटनको विकासका लागि संघको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो।

“नेपालमा पर्वतीय पर्यटन व्यवसायलाई अझै विस्तार र व्यवस्थित गर्नुपर्छ। निर्वाचित अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीलाई म हार्दिक बधाई दिन्छु। संघलाई सशक्त र प्रभावकारी बनाउने तपाईंहरूको भूमिकामा मेरो पूर्ण समर्थन रहनेछ,” अध्यक्ष प्रचण्डले भन्नुभयो।

अध्यक्ष प्रचण्डले आफ्नो व्यक्तिगत अनुभव र संघसँगको लामो सम्बन्धलाई स्मरण गर्दै सरकारले पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता पनि जनाउनुभयो। उहाँले अन्तिम चरणमा पुगेको पर्यटन सम्बन्धी विधेयक पारित गराउन पहल गर्ने आश्वासन समेत दिनुभयो।

एनएमएको हालै सम्पन्न निर्वाचनमा अध्यक्ष शेर्पा नेतृत्वको प्यानल विजयी बनेको छ। एक उपाध्यक्ष र एक सदस्य बाहेकका सबै पदमा सोही प्यानलका उम्मेदवार निर्वाचित भएका छन्।

अगाडिकाे पाेस्ट

समाजवादको आधार उत्पादन होः अध्यक्ष प्रचण्ड

अर्काे पाेस्ट

जलवायु न्यायमा नेपालको ऐतिहासिक भूमिका: युवाहरूले प्रचण्डको नेतृत्वको प्रशंसा

सम्बन्धित अरु

राजनीति

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

राजनीति

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft