मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

समाजवादको आधार उत्पादन होः अध्यक्ष प्रचण्ड

by By: The Our News
भदौ ८, २०८२
346

काठमाडौं, भदौ ८। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको यात्राको आधार उत्पादन हुने बताउनुभएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद सम्भव बनाउन उत्पादन सघर्ष अपरिहार्य भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामी समाजवादतर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो। पार्टी सिँगो उत्पादन सघर्षमा केन्द्रित नभए समाजवाद सम्भव हुँदैन।”

उहाँले पार्टीलाई रुपान्तरण गर्न उत्पादनमुखी नीतिलाई प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो। साथै, कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फस्दा जनविश्वास कमजोर भएको भन्दै तत्काल सच्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

हेटौंडा महाधिवेशनले लिएको “युद्ध होइन, उत्पादन संघर्ष” भन्ने निर्णय कार्यान्वयनमा ल्याउन ढिलाइ भएको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले अब पार्टी जनतासँग प्रत्यक्ष जोडिने, समुदायमा फर्किने र उत्पादन अभियानलाई अगाडि बढाउने घोषणा गर्नुभयो।

उहाँले कृषि, उद्योग, जडीबुटी र पर्यटनजस्ता स्थानीय स्रोतमा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको भ्रूण हुने बताउँदै सहकारी आन्दोलनलाई जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

दलाल, नोकरशाही र बिचौलियाविरुद्ध सरकारमा रहँदा पनि लडाई लडिएको स्मरण गर्दै प्रचण्डले भने, “तेस्ता प्रवृत्ति माओवादी केन्द्रमा धेरै दिन रहिरहन सक्दैनन्। हाम्रो पार्टी नै रुपान्तरणकारी समाजवाद निर्माण गर्ने एक मात्र सम्भावना बोकेको पार्टी हो।”

बैठकमा पार्टी उपाध्यक्ष बहादुर पुन ‘पासाङ’ले विभाग र संयन्त्रको अवधारणा प्रस्तुत गर्नुभयो भने केन्द्रीय सदस्य सरदसिंह भण्डारीले कार्यविधि प्रस्तुत गर्नुभएको थियो।

अगाडिकाे पाेस्ट

गौरमा सुटकेसभित्र महिलाको शव

अर्काे पाेस्ट

अध्यक्ष प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित नेतृत्वलाई बधाई, पर्यटन प्रवर्द्धनमा सरकारको सक्रियता प्रतिवद्ध

सम्बन्धित अरु

राजनीति

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

राजनीति

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft