मिति : २०८३ साउन १० गते (आइतबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ साउन १०

माओवादीप्रति जनविश्वास बढ्दै, प्रतिक्रियावादी आतंकित : अध्यक्ष प्रचण्ड

by By: The Our News
भदौ ११, २०८२
360

काठमाडौं, भदौ ११-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दै गएको दाबी गर्नुभएको छ। कर्णाली प्रदेशको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले पछिल्ला विभिन्न निर्वाचन परिणामहरूले माओवादी केन्द्रप्रतिको जनविश्वास बलियो बन्दै गएको प्रष्ट गरेको बताउनुभयो।

अध्यक्ष प्रचण्डका अनुसार, स्थानीय तह, स्ववियु, पत्रकार महासंघ लगायत हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको जित जनताको विश्वासको स्पष्ट संकेत हो। उहाँले भन्नुभयो, “कांग्रेस र एमाले मिलेर पनि धेरै ठाउँमा हामीले जितेका छौँ। यसले देखाउँछ, हाम्रो संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ।”

प्रचण्डले माओवादीको यो बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलाल वर्गलाई आतंकित बनाएको उल्लेख गर्दै, पार्टीभित्र द्वन्द्व र असन्तुष्टि फैलाउन षड्यन्त्र भइरहेको बताएका छन्। तर स्थायी समितिले गुटबन्दी र अनुशासनहीनता अन्त्य गर्दै संगठनलाई सुदृढ र एकताबद्ध बनाउन स्पष्ट संकल्प गरेको जानकारी दिनुभयो।

शिक्षा विधेयक लगायत राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको दृढ अडानका कारण जनस्तरमा सकारात्मक सन्देश पुगेको भन्दै उहाँले विशेष गरी शिक्षक समुदायबाट ठूलो समर्थन प्राप्त भएको दाबी गर्नुभयो। “कांग्रेस र एमालेको गलत सोचको विरोधमा हाम्रो अडानले लाखौँ शिक्षकहरू हाम्रो पक्षमा उभिएका छन्,” उहाँको भनाइ छ।

उहाँले वाईसीएल, विद्यार्थी संगठन तथा जनवर्गीय संरचनाहरूलाई श्रम र उत्पादनसँग जोड्न थालेको प्रयास सफल हुँदै गएको दाबी गर्दै संगठन विस्तारलाई अझ तिव्र पार्न निर्देशन दिनुभयो। “अब टोल–टोलमा संगठन निर्माण गर्दै घर–घरमा पुग्नुपर्छ,” प्रचण्डले जोड दिनुभयो।

बैठकमा कर्णाली प्रदेशका नेताकार्यकर्तालाई पार्टी एकता, संगठन विस्तार र राष्ट्रिय राजनीति परिवर्तनमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले बैठकको सफलताको शुभकामना पनि दिनुभयो।

अगाडिकाे पाेस्ट

जलवायु न्यायमा नेपालको ऐतिहासिक भूमिका: युवाहरूले प्रचण्डको नेतृत्वको प्रशंसा

अर्काे पाेस्ट

कालापानी–लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : अध्यक्ष प्रचण्ड

सम्बन्धित अरु

राजनीति

हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

असार १८, २०८३

कैलाश माझीसप्तरी सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित फत्तेपुर बसपार्कदेखि चन्द्र नहर पुलसम्मको सडक विकासको प्रतीक होइन, राज्यको चरम बेवास्ता र जिम्मेवारीहीनताको ज्वलन्त उदाहरण बनेको छ। केही सय मिटरको यो सडक पार...

राजनीति

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft