मिति : २०८२ असोज ८ गते (बुधबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ असोज ८

कोशी–मधेशमा सेवा विस्तारको तयारीसहित न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी अस्पतालको नयाँ योजना

by By: The Our News
भदौ ५, २०८२
206

कोशी प्रदेशको राजधानी विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी अस्पतालले सेवा विस्तार र गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै आगामी योजना अघि बढाउने घोषणा गरेको छ।

अस्पतालका प्रबन्ध निर्देशक डा. वीरेन्द्रकुमार विष्टले बिहीबार आयोजित पत्रकार सम्मेलनमा अस्पताल स्थापनाकालदेखि नै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा अडिग रहेको बताए।

रजत जयन्तीका अवसरमा अस्पतालले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ। सो अवसरमा अस्पतालले आफ्नो २५ वर्षे यात्रा प्रस्तुत गर्दै २५ वटा स्वास्थ्य परीक्षण सेवामा २५ प्रतिशत छुटको घोषणा गरेको छ। भदौ ८ गतेदेखि १४ गतेसम्म उपलब्ध हुने यस योजनाबाट सर्वसाधारण लाभान्वित हुनेछन्।

अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईका अनुसार हालसम्म अस्पतालले २५ लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेको छ। न्यूरो शल्यक्रिया मात्र ७ हजार ५ सयभन्दा बढी सम्पन्न भएको छ भने ५ हजारभन्दा बढी मुटु सम्बन्धी प्रक्रिया र ६ हजारभन्दा बढी हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन्।

भट्टराईले अब कोशी र मधेश प्रदेशका तीन नयाँ स्थानमा सेवा विस्तार गर्ने योजना सार्वजनिक गरे। उनले दमकसहित मधेश प्रदेशका दुई स्थानमा विस्तारको तयारी भइरहेको जानकारी दिए।

वि.सं. २०५७ मा बेलायतबाट अध्ययन पूरा गरेर फर्किएका डा. विष्टले ‘न्युरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर’ को रूपमा यस संस्थाको सुरुआत गरेका थिए। पछि ‘न्युरो हस्पिटल’ हुँदै बहु–सेवा दिने ‘न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी अस्पताल’को रूप लिन सफल भएको थियो।

यसबीच अस्पतालले आधुनिक सिटी स्क्यान, एमआरआई, स्त्री तथा प्रसूति सेवा, न्यूरो सर्जरीलगायत पूर्वमै पहिलोपटक धेरै सेवाहरू सुरु गरी बिरामीलाई राजधानी र भारत धाउनुपर्ने बाध्यता हटाएको विष्टले बताए।

रजत जयन्तीकै अवसरमा अस्पतालले ‘तुलसा देवी फाउण्डेसन’ स्थापना गरेको छ। यसमार्फत हरेक वर्ष कोशी प्रदेशका उत्कृष्ट नर्स र मेडिकल अफिसरलाई ५१ हजार रुपैयाँसहित सम्मान गरिनेछ। साथै, अस्पतालले ब्लड बैंक स्थापना गर्ने र सामुदायिक क्षेत्रमा सरसफाइ, वृक्षारोपण, सीसीटीभी तथा बत्ती जडानजस्ता कार्यसमेत अघि बढाउने योजना जनाएको छ।

हाल १५० बेड क्षमतामा सेवा दिइरहेको अस्पताललाई छिट्टै २५० बेडमा विस्तार गरिने पनि जानकारी दिइएको छ।

अगाडिकाे पाेस्ट

टुरिस्ट भिसामा नेपाल आएकी फ्रेन्च महिला व्यवसायमा संलग्न, अध्यागमनले कारबाहीको तयारी

अर्काे पाेस्ट

बुढिगङ्गा गाउँपालिकामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को तीज विशेष कार्यक्रम सम्पन्न

सम्बन्धित अरु

स्वास्थ

संघीय स्वास्थ्य मन्त्रालयको टोलीद्वारा दुहबी नगर अस्पताल अनुगमन

भदौ १८, २०८२

दुहबी, १८ भदौ ।दुहबी नगरपालिकाले सञ्चालनमा ल्याएको नगर आधारभूत अस्पतालमा आज संघीय स्वास्थ्य मन्त्रालयका इन्जिनियरहरूको टोलीले अनुगमन गरेको छ। मन्त्रालयका इन्जिनियर विपिन भुसाल, सुदिप थापा, कृष्ण राज पाण्डे लगायतको टोलीले...

स्वास्थ

कर्मचारीको अवकासको उमेर हदको प्रस्ताव व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

भदौ १७, २०८२

काठमाडौं, भदौ १७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको उमेर हद सम्बन्धी आफुले यस अघि राखेको प्रस्ताव कसैको व्यक्तिष्त स्वार्थमा नभएको प्रष्ट पारेकी छन् ।...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • नेपाल शिक्षक महासङ्घ बर्जु, सुनसरीद्वारा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • संघीय स्वास्थ्य मन्त्रालयको टोलीद्वारा दुहबी नगर अस्पताल अनुगमन

    0 shares
    Share 0 Tweet 0
  • जलवायु न्यायमा नेपालको ऐतिहासिक भूमिका: युवाहरूले प्रचण्डको नेतृत्वको प्रशंसा

    0 shares
    Share 0 Tweet 0
  • भोक्राहा नरसिंह–२ मा संस्कृति संवाद कार्यक्रम सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • 0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft