मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

नेकपा (एमाले) बर्जू गाउँपालिका स्तरीय अन्तरक्रिया सम्पन्न

by By: The Our News
भदौ ५, २०८२
309

बर्जू, सुनसरी ।
नेकपा (एमाले) बर्जू गाउँ कमिटीको आयोजनामा गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता र तीनै तहका जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम बर्जू–३ राम जानकी (कुटी) स्थित सामुदायिक भवनमा आयोजना गरिएको हो। कार्यक्रममा उल्लेखनीय मात्रामा अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको सभाध्यक्षता नेकपा (एमाले) बर्जू गाउँ कमिटी अध्यक्ष भीम भट्टराईले गरेका थिए।
यस अवसरमा प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा सुनसरी–३ इन्चार्ज माननीय भगवती चौधरी उपस्थित थिइन् ।

त्यस्तै, प्रदेशसभा सदस्य माननीय रामदेव यादव र रोहित बी. कार्की विशिष्ट अतिथिका रूपमा सहभागी भए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा बर्जू इन्चार्ज प्रदिप चौधरी, प्रदेश कमिटी सदस्य तथा दुहबी इन्चार्ज आबिद हुसेन, प्रदेश कमिटी सदस्य तथा गढी इन्चार्ज माया पोख्रेल, सुनसरी–३ क्षेत्रीय समन्वय समिति संयोजक ओमप्रकाश मेहता, सचिव मिलिराम चौधरी, क्षेत्रीय समन्वय समिति ‘क’ का संयोजक शिवनारायण चौधरी, सचिव केशव रिमाल, क्षेत्रीय समन्वय समिति ‘ख’ का संयोजक तथा गढी गाउँपालिका अध्यक्ष आसनारायण चौधरी, गढी गाउँपालिका उपाध्यक्ष अनिता चौधरी, बर्जू गाउँपालिका अध्यक्ष जीवछ राय, उपाध्यक्ष नीतु चौधरी,बर्जु वडा नम्बर -१ का वडा अध्यक्ष दिलबहादुर गुरुङ, वडा नम्बर -२  का वडा अध्यक्ष महेन्द्र कामत , वडा नम्बर -५ का वडा अध्यक्ष अजय कुमार चौधरीलगाएता  विभिन्न स्थानीय जनप्रतिनिधि र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका नीतिगत गतिविधि, पार्टीको आगामी योजना तथा संगठन सुदृढीकरणका विषयमा सहभागीहरूबीच विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ ।

अगाडिकाे पाेस्ट

अपाङ्गता भएका व्यक्तिहरूलाई दुहबी नगरपालिकाद्वारा सहायक सामग्री हस्तान्तरण

अर्काे पाेस्ट

मध्यनेपाल नगरपालिका–०६ भदौरेका भीम बहादुर विश्वकर्मा, आरनमै आत्मनिर्भर

सम्बन्धित अरु

राजनीति

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

राजनीति

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft