मध्यनेपाल नगरपालिका वार्ड नं.-०६, भदौरेका भीम बहादुर विश्वकर्मा दैनिक हँसिया, हथौडा, खुकुरी, कुटो, कोदालोजस्ता परम्परागत घरेलु औजार बनाउँदै पारिवारिक गुजारा गरिरहेका छन्।

आफ्नै सानो आरन (लोहारको कारखाना) मा पसिना बगाउँदै आत्मनिर्भर जीवन जिउँदै आएका उनी यस्ता परम्परागत पेशामा आजका युवाले पनि आशा देख्न सक्ने उदाहरण हुन्।
तस्विर : रविस जी
