बर्जू, सुनसरी ।
नेकपा (एमाले) बर्जू गाउँ कमिटीको आयोजनामा गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता र तीनै तहका जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम बर्जू–३ राम जानकी (कुटी) स्थित सामुदायिक भवनमा आयोजना गरिएको हो। कार्यक्रममा उल्लेखनीय मात्रामा अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको सभाध्यक्षता नेकपा (एमाले) बर्जू गाउँ कमिटी अध्यक्ष भीम भट्टराईले गरेका थिए।
यस अवसरमा प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा सुनसरी–३ इन्चार्ज माननीय भगवती चौधरी उपस्थित थिइन् ।
त्यस्तै, प्रदेशसभा सदस्य माननीय रामदेव यादव र रोहित बी. कार्की विशिष्ट अतिथिका रूपमा सहभागी भए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा बर्जू इन्चार्ज प्रदिप चौधरी, प्रदेश कमिटी सदस्य तथा दुहबी इन्चार्ज आबिद हुसेन, प्रदेश कमिटी सदस्य तथा गढी इन्चार्ज माया पोख्रेल, सुनसरी–३ क्षेत्रीय समन्वय समिति संयोजक ओमप्रकाश मेहता, सचिव मिलिराम चौधरी, क्षेत्रीय समन्वय समिति ‘क’ का संयोजक शिवनारायण चौधरी, सचिव केशव रिमाल, क्षेत्रीय समन्वय समिति ‘ख’ का संयोजक तथा गढी गाउँपालिका अध्यक्ष आसनारायण चौधरी, गढी गाउँपालिका उपाध्यक्ष अनिता चौधरी, बर्जू गाउँपालिका अध्यक्ष जीवछ राय, उपाध्यक्ष नीतु चौधरी,बर्जु वडा नम्बर -१ का वडा अध्यक्ष दिलबहादुर गुरुङ, वडा नम्बर -२ का वडा अध्यक्ष महेन्द्र कामत , वडा नम्बर -५ का वडा अध्यक्ष अजय कुमार चौधरीलगाएता विभिन्न स्थानीय जनप्रतिनिधि र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका नीतिगत गतिविधि, पार्टीको आगामी योजना तथा संगठन सुदृढीकरणका विषयमा सहभागीहरूबीच विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ ।
