मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

अपाङ्गता भएका व्यक्तिहरूलाई दुहबी नगरपालिकाद्वारा सहायक सामग्री हस्तान्तरण

by By: The Our News
भदौ ५, २०८२
299

दुहबी, ४ भदौ ।
सुनसरीको दुहबी नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सहज जीवनयापनका लागि विभिन्न सहायक सामग्री वितरण गरेको छ।

नगरपालिकाको स्वास्थ्य शाखा र करुणा फाउन्डेशनको सहकार्यमा आयोजित कार्यक्रममा दुहबी नगर प्रमुख बेद गच्छदारले सहायक सामग्री हस्तान्तरण गरेका थिए।

यस क्रममा अपाङ्गता भएका ३८ जनालाई ३८ थान सामग्री वितरण गरिएको थियो। जसअन्तर्गत L-stick १० थान, व्हील चेयर ७ थान, ट्वाइलेट चेयर ३ थान, ह्वाइट केन ५ थान, वाकर ८ थान, हेयरिङ एड ८ थान र बैशाखी २ थान रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गच्छदारले अपाङ्गता भएका व्यक्तिलाई समाजले हेर्ने हेय दृष्टिकोण हटाउन र सपाङ्गजस्तै समान व्यवहार, माया र आदर सम्मान गर्नुपर्ने संदेश समुदायमा पु¥याउन यस्तो कार्यक्रम गरिएको बताए।

“शारीरिक अपाङ्गता पूर्वजन्मको फल होइन, गर्भावस्थामा कुपोषण वा अन्य कारणले हुन सक्छ,” भन्दै उनले नगरपालिकाले विवाह भएको दिनदेखि नै स्वास्थ्य शाखा र स्वास्थ्य स्वयंसेविकामार्फत मातृ स्वास्थ्यमा निगरानी गर्ने, गर्भावस्थामा जाँच र पोषणको व्यवस्था गर्ने तथा जन्मदेखि नै सुनौला हजार दिन कार्यक्रममार्फत खोप तथा अन्य सेवा दिँदै आएको बताए।

त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम तथा समूहगत रूपमा ५० हजार रुपैयाँसम्म बीउ पुँजी उपलब्ध गराउँदै स्वरोजगारको बाटो खोलिएको उनले जानकारी दिए। साथै, नगरपालिकाले स्वास्थ्य बीमामा रु. ५ सय तिर्दा २ लाखसम्मको उपचार खर्च गर्न सक्ने व्यवस्था मिलाइसकेको बताए।

सामग्री प्राप्त गरेपछि अपाङ्गता भएका व्यक्तिहरू भावुक बनेका थिए। उनीहरूले आँसुका साथ नगर प्रमुखलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता महान् कार्यलाई निरन्तरता दिन आग्रह गरे।

कार्यक्रममा उपप्रमुख मेनुका खतीवडा, स्वास्थ्य शाखाका बिन्देश्वर महतो, उचितनारायण साह, करुणा फाउन्डेशनका प्रतिनिधि लगायतको उपस्थिति थियो।

अगाडिकाे पाेस्ट

प्रचण्डद्वारा खुम बहादुर बिकलाई आर्थिक सहयोग

अर्काे पाेस्ट

नेकपा (एमाले) बर्जू गाउँपालिका स्तरीय अन्तरक्रिया सम्पन्न

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft