मिति : २०८२ फागुन २८ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ फागुन २८

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

by By: The Our News
फागुन १५, २०८२
168

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्।

लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनले आफ्नो अघिल्लो कार्यकालमा गरेका काम र आगामी योजनाबारे मतदातालाई जानकारी गराइरहेका छन्।

वि.सं. २०३९ सालमा नेपाल विद्यार्थी संघ को सभापति बनेर राजनीतिक यात्रा सुरु गरेका कार्कीले शान्ति प्रक्रिया, १२ बुँदे सहमति र संविधान निर्माण जस्ता राष्ट्रिय राजनीतिक घटनाक्रममा भूमिका खेलेको उल्लेख गर्दै आएका छन्। उनी यसअघि सुनसरी–४ बाट दुई पटक निर्वाचित भइसकेका छन्।

चुनावी सभामा बोल्दै कार्कीले आफ्नो कार्यकालमा ग्रामीण भेगमा देखिएको मोबाइल नेटवर्क समस्यालाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरे। सञ्चार मन्त्री हुँदा नेपाल टेलिकम मार्फत विभिन्न स्थानमा टावर निर्माण प्रक्रिया अघि बढाइएको उनले बताए।

उनका अनुसार इनरुवा–८ डुम्राहा, भोक्राहाको जनता चोक, भोक्राहा–१ ढोकटोल, कोशी गाउँपालिकाको जमुवा, हरिनगरको घुस्की, इनरुवा–१० जल्पापुर, हरिनगर–३ गौतमपुर, भोक्राहा नरसिंहको सोनियाही, इनरुवा–७ चाँदबेला तथा प्रकाशपुरलगायतका क्षेत्रमा टावर निर्माण गरिएको छ।

केही स्थानमा सेवा सञ्चालनमा आइसकेको र केही स्थानमा निर्माण तथा प्राविधिक जडानको काम जारी रहेको उनले जानकारी दिए।

उनले सञ्चार पहुँच विस्तारले शिक्षा, स्वास्थ्य, व्यवसाय र सरकारी सेवा प्रवाहमा सहजता ल्याउने उल्लेख गरे। “नेटवर्क समस्या विकासको बाधक बनेको थियो, त्यसलाई समाधान गर्न पहल गरेको हुँ,” उनले भने।

कार्कीले आगामी कार्यकालमा बाँकी रहेका कामहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन्। “म लामो भाषणभन्दा काममा विश्वास गर्ने व्यक्ति हुँ,” “क्षेत्रको विकास नै मेरो जितेको आधार भएकोले त्यसका लागि सदैव कटिबद्ध रहने,” उनले सभामा भने।

यद्यपि, स्थानीय बासिन्दाले भने केही स्थानमा अझै नेटवर्क गुणस्तरमा सुधार आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार टावर निर्माण भए पनि सेवा नियमित र प्रभावकारी बनाउन थप ध्यान दिनुपर्ने अवस्था भए पनि त्यसको समाधान कार्कीले नै गर्न सक्ने हुँदा मत दिएर निर्वाचित गरि पठाउने मनसाय व्यक्त गरे।

अगाडिकाे पाेस्ट

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

सम्बन्धित अरु

राजनीति

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

राजनीति

‘जोगी सर’ले कसरी बनाउँदै छन् जनतालाई जोगी ?

फागुन १४, २०८२

जीवन विकास समाजको सुरुआत गर्नुभन्दा अघि दुई वर्षजति धनपालथान (साविक अमाहिवरीयाती) का विद्यार्थीहरूलाई निःशुल्क ट्युसन पढाएपछि योगेन्द्र मण्डललाई ‘जोगी सर’को उपनाम दिइएको थियो । जनताले सम्मानका साथ दिएको उक्त उपनाम...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • ‘जोगी सर’ले कसरी बनाउँदै छन् जनतालाई जोगी ?

    0 shares
    Share 0 Tweet 0
  • मोरङ–३ मा चुनावी प्रतिस्पर्धाबीच आत्मीयता: डा. सुनिल शर्मा र ईरान राईबीच सौहार्दपूर्ण भेटघाट

    0 shares
    Share 0 Tweet 0
  • नेपाललाई दक्षिण एसियामै आर्थिक रूपमा समृद्ध बनाउनु पर्छ : ज्ञानेन्द्र कार्की

    0 shares
    Share 0 Tweet 0
  • मत नबदल्ने अडानसहित महिलाहरू भगवती चौधरीको अभियानमा सक्रिय,

    0 shares
    Share 0 Tweet 0
  • निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft