मिति : २०८३ बैशाख ६ गते (आइतबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख ६

‘जोगी सर’ले कसरी बनाउँदै छन् जनतालाई जोगी ?

by By: The Our News
फागुन १४, २०८२
239

जीवन विकास समाजको सुरुआत गर्नुभन्दा अघि दुई वर्षजति धनपालथान (साविक अमाहिवरीयाती) का विद्यार्थीहरूलाई निःशुल्क ट्युसन पढाएपछि योगेन्द्र मण्डललाई ‘जोगी सर’को उपनाम दिइएको थियो । जनताले सम्मानका साथ दिएको उक्त उपनाम अहिले उनलाई भोट भजाउने अस्त्र बनेको छ । २०५४ सालमा लघुबित्त क्षेत्रमा हात हालेका उनै जोगी सरले राजनीतिमा लागेपछि भने आफ्नो सामाजिक छविका कारण बनेको जीवन विकास समाजलाई भोटको ढाल बनाएका हुन् । दुरदराजका जनताको आर्थिक जीवनस्तर उकास्नका लागि सुरु भएको जीवन विकासमा ३०औं हजार आवद्ध छन्जी ।

जिवन विकासमा उनीहरूको खुन र पसिनाको लगानी छ । एउटा पब्लिक संस्था चलाउँदै आएका जोगी सर र त्यहाँ आबद्ध कर्मचारीहरू मिलेर जनतालाई जोगी बनाउने काममा उद्दत्त देखिएका छन् । जीवन विकासको जगमा २०७९ सालको चुनाव जितेका जोगी सर जनताको लगानीको अर्थविपरीत कम्मर कसेर लागेका हुन् । नेकपा एमालेले नपत्याएपछि स्वतन्त्र उम्मेदवारी दिएर सनसनीपूर्ण जित निकालेका जोगी सर सामुदायिक अस्पतालको नाम दिइएको निजी अस्पताल, जीवन विकास लघुवित्त र जीवन विकास डेरीको आडमा स्वार्थको लडाइँ लड्दै छन् ।

अरूबेला ऋणिलाई रुवाएर ऋण असुल गर्ने गरेका जोगी सरले चुनाव लागेसँगै उनीहरूको ऋण माफ गर्दिने र किस्ता मिनाहा गर्दिने भन्दै प्रलोभनमा पार्ने गरेका छन् । त्यतिमात्र नभएर आफ्नो निार्वाचन क्षेत्रका व्यक्तिलाई जागिर लगाइदिने अनि अस्पतालमा निःशुल्क उपचार गर्दिनेलगायतका अनेकौं फन्डा चलाउँछन् । जीवन विकास अस्पतालको प्रबर्द्घनको बहानामा स्थानीय मिडियासँग सम्झौता गर्ने अनि अस्पतालको प्रचार सामग्रीको सट्टा आफूले भोट अपिल गरेको भिडियो पोस्ट गर्न उनले दबाब दिने गरेका छन् । अरूबेला जीवन विकास लघुवित्तमा आबद्ध ऋणिहरूमाथि मिटरब्याजको अनुपातमा ब्याज लिएर चौतर्फी आलोचना खेपेका जोगी सर चुनावी अभियानका क्रममा आममतदाताबाट घेरामा पर्ने गरेका छन् ।

अब, क्षेत्र नम्बर ५ का मतदाता सचेत भइसकेका छन्, अस्पताल र लघुबित्तलाई भोट बैंक बनाउन सफल बनेका जोगी सरलाई यसपटक मतदाताले नै रोक्ने देखिएको छ । लघुवित्तमार्फत् बचतकर्ताको उद्दार गरेँ भन्दै ढोल पिट्ने जोगी सर ऋणिहरूलाई जोगी बनाउन सिपालु छन् । त्यसबाहेक सदनमार्फत् सरकारलाई आफ्ना क्षेत्रका समस्या सुनाउन बिर्सिएका जोगी तीन वर्षजति सांसद रहँदा आफू कुन पार्टी प्रवेश गर्ने र सत्तामा कसरी पुग्ने भन्ने विषयमै अल्मलिरहे । क्षेत्र विकासमा उनले चासो नलिँदा जनताले सधैं सास्ती भोगिरहनुपर्यो । अघिल्लो निर्वाचनबाट निर्वाचित भएपछि केही दिन सामुदायिक विद्यालय र सार्वजनिक अस्पतालको शौचालय सफा गरेर अरूको ध्यान खिचेका उनी यसपालिको निर्वाचनमा भने चौतर्फी घेराबन्दीमा छन् । विशेषगरी बलिया प्रतिद्वन्द्वीको आगमन र नयाँ दलको जनलहरले गर्दा उनलाई फागुन २१ गते हुने संसदीय निर्वाचन सकसपूर्ण छ । यसलाइ शुद्ध पारेर सकभर कम शब्दमा सम्पुर्ण कुरा समेटने गरी तयार पारिदिनुस

अगाडिकाे पाेस्ट

मोरङ–२ मा विकासको बिगुल : दिलीप बगडियाको सुशासन र पूर्वाधार क्रान्तिको प्रतिबद्धता

अर्काे पाेस्ट

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

सम्बन्धित अरु

राजनीति

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

राजनीति

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft