मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

मत नबदल्ने अडानसहित महिलाहरू भगवती चौधरीको अभियानमा सक्रिय,

by By: The Our News
फागुन ५, २०८२
214

सुनसरी । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा भगवती चौधरी ले चुनावी भेटघाट र जनसम्पर्कलाई तीव्र बनाएकी छन्।

नेकपा (एमाले) की उम्मेदवार तथा निवर्तमान सांसदसमेत रहेकी चौधरी यतिबेला आफ्ना क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्दै सुझाव र गुनासा सुन्ने काममा सक्रिय देखिएकी छन्। उनकै उपस्थितिमा शनिबार दुहबी नगरपालिका वार्ड नं. ९ मा ५२ जना महिलाहरूले एकसाथ नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेको कार्यक्रम आयोजकहरूले बताएका छन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौधरीले समाज परिवर्तन र महिला सशक्तीकरणका लागि राजनीतिमा महिलाको सहभागिता महत्वपूर्ण हुने बताइन्। एमालेले महिलाको अधिकार र अवसरका विषयमा निरन्तर काम गरिरहेको उनको भनाइ थियो नवप्रवेशी महिलाहरूले राष्ट्र, राष्ट्रियता, सामाजिक न्याय र समान अवसरका विषयमा पार्टीका विचार मन परेकाले आफूहरू सहभागी भएको बताएका छन्। साथै चौधरीले महिला सशक्तीकरणका क्षेत्रमा खेलेको भूमिकाले पनि आफूहरू प्रभावित भएको उनीहरूको भनाइ छ।

सुनसरी निर्वाचन क्षेत्र नं. ३ का विभिन्न स्थान इटहरी उपमहानगरपालिका, गढी गाउँपालिका र बर्जु गाउँपालिका मा पुगेर चौधरीले स्थानीय आवश्यकता र विकासका विषयमा छलफल गरिरहेकी छन्। भेटघाटका क्रममा धेरै मतदाताबाट सकारात्मक प्रतिक्रिया आएको उनको टोलीको दाबी छ।

स्थानीय विकास, उद्यमशीलता, युवा स्वरोजगार र आत्मनिर्भर अर्थतन्त्रजस्ता एजेण्डा अगाडि सारेकाले मतदाताको साथ बढ्दो देखिएको क्षेत्रीय परिचालन समितिका संयोजक लिलम बस्नेतले बताए।

Is this conversation helpful so far?

अगाडिकाे पाेस्ट

सुनसरी : भोक्राहा नरसिंह वार्ड नं.-७ मा २०० भन्दा बढी मण्डल समुदायका मतदाता कांग्रेस प्रवेश।

अर्काे पाेस्ट

मोरङ–३ मा चुनावी प्रतिस्पर्धाबीच आत्मीयता: डा. सुनिल शर्मा र ईरान राईबीच सौहार्दपूर्ण भेटघाट

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft