मिति : २०८३ साउन ५ गते (मंगलबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ साउन ५

सुनसरी : भोक्राहा नरसिंह वार्ड नं.-७ मा २०० भन्दा बढी मण्डल समुदायका मतदाता कांग्रेस प्रवेश।

by By: The Our News
फागुन ५, २०८२
244

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.-७ अन्तर्गत मण्डल बस्तीका २०० भन्दा बढी मतदाता चन्दन मण्डलको नेतृत्वमा नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। यसअघि उनीहरू जनमत पार्टी मा आवद्ध रहेका थिए। स्थानीय स्तरमा आयोजित कार्यक्रमबीच मण्डल समुदायका प्रभावशाली नेता चन्दन मण्डलसहित ठूलो संख्यामा स्थानीय बासिन्दाले पार्टी परित्याग गर्दै कांग्रेसमा औपचारिक प्रवेश गरेका हुन्। प्रवेश कार्यक्रमका सहभागीहरूले क्षेत्रीय विकास, समावेशी प्रतिनिधित्व र स्थानीय मुद्दाको सम्बोधनका लागि दल परिवर्तन गरेको बताएका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा यही वडाबाट उम्मेदवार बनेका चन्दन मण्डल दोस्रो स्थान हासिल गर्न सफल भएका थिए। त्यसयता वडास्तरमा उनको सक्रियता र समुदायमा प्रभाव बढ्दै गएको स्थानीयको भनाइ छ।


पार्टी प्रवेशसँगै वडाको राजनीतिक समीकरणमा नयाँ परिवर्तन देखिएको छ। कांग्रेस पक्षले यस प्रवेशले आगामी निर्वाचनमा संगठन मजबुत हुने विश्वास व्यक्त गरेको छ भने अन्य दलहरूले पनि यसलाई अर्थपूर्ण राजनीतिक घटनाका रूपमा हेरेका छन्।

अगाडिकाे पाेस्ट

भलुवा अन्तर्राष्ट्रिय गोल्डकप: घरेलु टोलीको सुखद सुरुवात

अर्काे पाेस्ट

मत नबदल्ने अडानसहित महिलाहरू भगवती चौधरीको अभियानमा सक्रिय,

सम्बन्धित अरु

समाचार

हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

असार १८, २०८३

कैलाश माझीसप्तरी सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित फत्तेपुर बसपार्कदेखि चन्द्र नहर पुलसम्मको सडक विकासको प्रतीक होइन, राज्यको चरम बेवास्ता र जिम्मेवारीहीनताको ज्वलन्त उदाहरण बनेको छ। केही सय मिटरको यो सडक पार...

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft