मिति : २०८२ माघ ६ गते (सोमबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ माघ ६

अवकास प्राप्त स्वास्थ्य स्वयंसेविकालाई २० हजारसहित बिदाइ — “परोपकारी आमाहरूलाई सलाम” : मेयर गच्छेदार

by By: The Our News
मंसिर २०, २०८२
216

दुहबी, १९ मंसिर।
उमेर हदका कारण अनिवार्य अवकास लिएका पाँच जना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला, प्रशंसापत्र र नगद २०/२० हजार रुपैयाँसहित दुहबी नगर प्रमुख वेद गच्छेदारले सम्मानपूर्वक बिदाइ गरेका छन्।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर गच्छेदार अत्यन्त भावुक बने। न्यून सेवा–सुविधामा पनि जीवनको अमूल्य समय समाज सुधार, मानविय विकास तथा जनस्वास्थ्यका क्षेत्रमा समर्पण गर्ने स्वयंसेविकाहरूलाई “परोपकारी आमाहरू” भन्दै उनले उच्च सम्मानका साथ सलाम अर्पण गरे।

दुहबी नगरपालिकाले २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आफ्टरडार्क पार्टी प्यालेसमा आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा मेयर गच्छेदारले संघीय सरकारलाई स्वयंसेविकाको सुविधामा वृद्धि गर्न पनि आग्रह गरे।
“सरकारले काम त दियो, तर दाम दिएन,” मेयरले भने, “स्थानीय सरकारले सकेको सुविधा दिइरहेको छ, तर यो पर्याप्त छैन। कम्तीमा पनि सरकारी दैनिक ज्याला रु ५९५ बराबर सुविधा सुनिश्चित गरियोस्।”

उपमेयर मेनुका खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन प्रमुख सुवर्ण घिमिरे, स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर महतो, पिंकी भगतसहित अन्य सहभागी थिए।

“आज मातृ दिवस पनि हो, स्वयंसेविका दिवस पनि। संयोगवश दुई समूहकै आमाहरुलाई एकैदिन सम्मान र नमन गर्ने मौका पाएँ,” मेयरले भने।

स्वयंसेविकाको मनोबल उच्च राख्न आग्रह गर्दै उनले आफ्नो तर्फबाट आवश्यक सेवा, सुविधा र सहयोग गर्न प्रतिबद्धता प्रकट गरे।

अगाडिकाे पाेस्ट

तारानन्द चौधरीको अध्यक्षतामा विद्यालय कर्मचारी परिषद् बर्जुको नयाँ कार्यसमिति गठन

अर्काे पाेस्ट

मेयर गच्छादार भन्छन्– ‘अस्पताललाई मेडिकल कलेजसँग जोड्ने सपना छ’

सम्बन्धित अरु

समाचार

बर्जु–१ स्थित श्री लक्ष्मी आधारभूत विद्यालयमा विषालु सर्प फेला, ठूलो दुर्घटना टर्‍यो

माघ २, २०८२

बर्जु (सुनसरी) । सुनसरी जिल्लाको सदरमुकामबाट करिब २७ किलोमिटर दक्षिणमा पर्ने बर्जु गाउँपालिका–१, बुग्डहरीस्थित श्री लक्ष्मी आधारभूत विद्यालय परिसरमा आइतबार दिउँसो करिब १ बजे विषालु सर्प फेला परेको छ ।...

समाचार

आत्मनिर्भरता तर्फ कदम : दुहबीमा महिला लक्षित स्तरवृद्धि तालिम समापन

पुष २४, २०८२

दुहबी नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालन गरिएको कपडामा अचरा फुलबुट्टा भर्ने १ महिने स्तरवृद्धि तालिम आज बिहीबार सम्पन्न भएको छ। दुहबी नगरपालिका–११, तनमुनाका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • आत्मनिर्भरता तर्फ कदम : दुहबीमा महिला लक्षित स्तरवृद्धि तालिम समापन

    0 shares
    Share 0 Tweet 0
  • बर्जु–१ स्थित श्री लक्ष्मी आधारभूत विद्यालयमा विषालु सर्प फेला, ठूलो दुर्घटना टर्‍यो

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft