मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

मेयर गच्छादार भन्छन्– ‘अस्पताललाई मेडिकल कलेजसँग जोड्ने सपना छ’

by By: The Our News
मंसिर ३०, २०८२
261

दुहबी नगरपालिकाद्वारा निर्माण गरिएको नगर आधारभूत अस्पतालको अन्ततः विधिवत् उद्घाटन गरिएको छ। करिब १५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको १५ शय्याको उक्त अस्पतालको २०७८ साल माघ २ गते नगर प्रमुख वेदनारायण गच्छादारले शिलान्यास गरेका थिए। सोही अस्पतालको उद्घाटन पनि प्रमुख अतिथि मेयर गच्छादारकै हातबाट सम्पन्न भएको हो।

मेयर गच्छादारले शिलालेख अनावरण गरी रिबन काट्दै अस्पतालको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमको अध्यक्षता वडा नं. ११ का वडा अध्यक्ष खड्गनारायण उराउले गरेका थिए। कार्यक्रममा उपमेयर मेनुका खतिवडा, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापामगर, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, सागर प्रसाई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्कालगायत विभिन्न वडाका अध्यक्षहरू, संघ–संस्थाका प्रमुख, स्थानीय नागरिक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर गच्छादारले ठूलो चुनौती र संघर्षका बाबजुद अस्पताल सञ्चालनमा ल्याइएको बताए। उनले निकट भविष्यमा यस अस्पताललाई मेडिकल कलेजसँग जोडेर दुहबीलाई ‘मेडिकल हब’को रूपमा विकास गर्ने सपना रहेको उल्लेख गरे। निजी–सार्वजनिक साझेदारी (PPP) मोडेलबाट विकास गर्न काठमाडौंमा समेत असफल भएको योजनालाई दुहबीमा सफल बनाएरै छाड्ने प्रतिबद्धता उनले व्यक्त गरे।
“नेतृत्वले सपना देख्नुपर्छ, विकासप्रति हुटहुटी र छटपटी हुनुपर्छ, तब मात्र विकास सम्भव हुन्छ,” भन्दै उनले विकासप्रतिको आफ्नो दृढ संकल्प दोहोर्‍याए।

दुहबीवासीको स्वास्थ्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आएका मेयर गच्छादारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारात्मक कार्य गर्दै आएका छन्। कोभिड–१९ महामारीको समयमा दुहबी–८ स्थित बन्द अवस्थामा रहेको एउटा कारखानालाई विभिन्न दातासँगको सहकार्यमा अस्थायी आधारभूत अस्पतालका रूपमा सञ्चालन गराएर नागरिकको जीवन रक्षा गरेका थिए।

उनकै पहलमा ‘नगर प्रमुख स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत विपन्न, दलित तथा सुकुम्बासी परिवारका लागि नगरपालिकाले प्रतिपरिवार ३ हजार रुपैयाँ बीमा शुल्क व्यहोर्ने व्यवस्था गरी स्वास्थ्य बीमासँग जोडेर सेवा प्रवाह गरिएको छ।

दुहबी–११ मा करिब ३ बिघा ६ कट्ठा क्षेत्रफलमा निर्माण भएको सुविधा सम्पन्न अस्पताल भवनमा विशेषज्ञ सेवा, पोस्टमार्टम सेवा, क्यान्टिन, चिकित्सक आवास, मिनी अपरेशन सेवा, आँखा तथा कान उपचार, स्त्रीरोग, हाडजोर्नी, प्रसूति सेवा, निःशुल्क एम्बुलेन्स, आपतकालीन सेवा सञ्चालनमा आइसकेका छन् भने केही दिनमै बालरोग सेवा पनि सुचारु हुने जनाइएको छ।

करिब ६४ हजार जनसंख्या रहेको दुहबी नगरमा सुविधा सम्पन्न अस्पताल नहुँदा स–साना उपचारका लागि समेत विराटनगर धाउनुपर्ने बाध्यता अब समाप्त भएको छ। नयाँ भवनबाट सेवा प्रवाह सुरु भएपछि नगरवासीको अनुहारमा खुशी छाएको छ।

मेयर गच्छादारले आफ्नो पहिलो कार्यकालदेखि नै स्वास्थ्य, शिक्षा, पूर्वाधार, सडक, खानेपानी, आर्थिक आत्मनिर्भरता र स्वरोजगारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएका छन्। साप्ताहिक हाट, रंगशाला, कोल्ड स्टोर, फोहोर प्रशोधन केन्द्र, सपिङ कम्प्लेक्स, एग्रो प्रोसेसिङ सेन्टरलगायतका योजना निर्माणको अन्तिम चरणमा छन्। साथै १२ वटै वडामा स्वास्थ्य चौकी, बर्थिङ सेन्टर, निःशुल्क आँखाको शल्यक्रिया, अपाङ्ग आत्मनिर्भर कार्यक्रम, उद्यमशीलता प्रवर्द्धन, लघु उद्यम, सामूहिक कृषि, बंगुर पालन, तरकारी तथा च्याउ खेतीजस्ता कार्यक्रम सफलतापूर्वक सञ्चालन हुँदै आएका छन्।

यस्तै विकासशील र दूरदर्शी नेतृत्वका कारण मेयर गच्छादार दुहबी नगरमा मात्र नभई सिङ्गो सुनसरी जिल्लामै प्रशंसाका पात्र बनेका छन्। कार्यक्रममा नगर अस्पताल स्थापना कालदेखि नै महत्वपूर्ण योगदान पुर्‍याउने कर्मचारीहरूलाई नगद ११ हजार रुपैयाँ र दोसल्लासहित सम्मान गरिएको थियो।

अगाडिकाे पाेस्ट

अवकास प्राप्त स्वास्थ्य स्वयंसेविकालाई २० हजारसहित बिदाइ — “परोपकारी आमाहरूलाई सलाम” : मेयर गच्छेदार

अर्काे पाेस्ट

अभिषेक गिरीले विराटनगर महानगर कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा, पार्टी र संगठनलाई मजबुत बनाउने प्रतिबद्धता

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft