मिति : २०८३ बैशाख १२ गते (सनिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १२

तारानन्द चौधरीको अध्यक्षतामा विद्यालय कर्मचारी परिषद् बर्जुको नयाँ कार्यसमिति गठन

by By: The Our News
असोज २५, २०८२
352

बर्जु (सुनसरी), २०८२ असोज २४ गते, शुक्रबार ।
नेपाल विद्यालय कर्मचारी परिषद् बर्जु कार्य समिति, अमाहिबेल्हा, कोशी प्रदेशको तेस्रो गाउँपालिका अधिवेशन आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ। अधिवेशनबाट तारानन्द चौधरी अध्यक्षमा र सचिवमा मनोज यादवसहित ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले गठन गरिएको छ।

“विद्यालय कर्मचारी एकता जिन्दावाद” भन्ने मूल नाराका साथ बर्जु–६ स्थित श्री चिमडी माध्यमिक विद्यालयमा आयोजित अधिवेशनको सभाध्यक्षता नेपाल विद्यालय कर्मचारी परिषद् बर्जु कार्य समितिका अध्यक्ष श्री बाबुराम रायले गर्नुभयो।

कार्यक्रमका मुख्य अतिथि नेपाल विद्यालय कर्मचारी परिषद् सुनसरी जिल्ला अध्यक्ष श्री रामप्रसाद शाह रहनुभएको थियो।
त्यस्तै, विशेष अतिथिका रूपमा देवानगञ्ज गाउँपालिका कार्य समितिका अध्यक्ष श्री रमेश मेहताको उपस्थिति रहेको थियो।

अधिवेशनमा नेपाल शिक्षक महासंघ बर्जु कार्यसमितिका अध्यक्ष श्री विजयकुमार चौधरी, सहअध्यक्ष तथा श्री रामसिता माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री सूर्यनारायण मेहता, सचिव भक्तबहादुर थापा मगर, प्रधानाध्यापक संघ (PAN)का अध्यक्ष श्री पुनितलाल चौधरी, नेपाल शिक्षक संघ बर्जु कार्य समितिका अध्यक्ष श्री बिनोदकुमार गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्री युबराज श्रेष्ठ, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष श्री खेमराज पोखरेल, नेपाल राहत शिक्षक समिति बर्जु कार्य समितिका अध्यक्ष श्री दिपेन्द्र चौधरी, सोही समितिका पूर्व अध्यक्ष श्री आनन्दी कुमार चौधरी, र वाल विकास शिक्षक समिति बर्जु कार्य समितिकी अध्यक्ष श्रीमती सावित्री कर्ण लगायतका प्रतिष्ठित शिक्षाकर्मीहरूको उपस्थितिले कार्यक्रमलाई गरिमामय बनाएको थियो।

त्यसैगरी, नेपाल शिक्षक संघ बर्जु कार्य समितिका सचिव तथा नेपाल रा.मा.वि.का सहायक प्रधानाध्यापक श्री रङ्गराज काफ्ले पनि विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रमको प्रारम्भ राष्ट्रिय गानबाट गरिएको थियो। सभाध्यक्ष श्री बाबुराम रायले आफ्नो अध्यक्षीय मन्तव्यमा विद्यालय कर्मचारीहरूको हक–अधिकार र समान अवसरका लागि सबै कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालय कर्मचारी परिषद् शिक्षा क्षेत्रमा समान योगदान पुर्‍याउने सबैको साझा मञ्च भएको बताउँदै, “एकताबाटै हरेक चुनौती सामना गर्न सकिन्छ,” भन्ने विश्वास व्यक्त गर्नुभयो।

मुख्य अतिथि श्री रामप्रसाद शाहले विद्यालय कर्मचारीको सशक्त संगठन निर्माणका लागि बर्जु कार्य समितिको भूमिका प्रशंसनीय रहेको बताउँदै, शिक्षा सुधारका प्रत्येक अभियानमा कर्मचारीहरूको सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो।

कार्यक्रममा विभिन्न वक्ताहरूले विद्यालय कर्मचारीका समस्या, अधिकार, सेवा–सुविधा, र संगठन सुदृढीकरणका विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए। अधिवेशनमा स्थानीय विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी, समाजसेवी तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। अधिवेशनले नयाँ कार्यसमिति गठन गर्दै भावी कार्ययोजना पारित गरेको र “विद्यालय कर्मचारी एकता जिन्दावाद”को नारासहित अधिवेशन सम्पन्न गरिएको घोषणा गरिएको थियो।

अगाडिकाे पाेस्ट

गिरि फाउन्डेसनको पहलमा कैदीबन्दीहरूको स्वेच्छिक रक्तदान

अर्काे पाेस्ट

अवकास प्राप्त स्वास्थ्य स्वयंसेविकालाई २० हजारसहित बिदाइ — “परोपकारी आमाहरूलाई सलाम” : मेयर गच्छेदार

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft