मिति : २०८२ कार्तिक ३ गते (आइतबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ कार्तिक ३

नगरपालिकाका जलेर नष्ट भएका कम्प्युटरको सट्टा उद्योगी अलीद्वारा २ थान नयाँ कम्प्युटर हस्तान्तरण

by By: The Our News
असोज ८, २०८२
188

दुहबी, असोज ८
एसियन लेदर इन्डस्ट्रीज प्रा.लि. दुहबी–६ का डाइरेक्टर आबिद अलीले दुहबी नगरपालिकालाई २ थान कम्प्युटर हस्तान्तरण गरेका छन् । दुहबी नगरपालिका कार्यालयमा आज आयोजित कार्यक्रममा नगरप्रमुख वेदनारायण गच्छदारलाई अलीले कम्प्युटरहरू प्रदान गरेका हुन्।

गत भदौ २४ गते भएको आन्दोलनका क्रममा नगरपालिकामा रहेको विभिन्न कार्यालय उपकरणहरूमा ठूलो क्षति पुगेको थियो। आन्दोलनकारीले आगजनी गर्दा ल्यापटप, डेस्कटप कम्प्युटर लगायतका उपकरण जलेर नष्ट हुनुका साथै केही चोरी समेत भएका थिए। त्यसपछि कार्यालयका दैनिक कामकाजमा कठिनाइ भएको र सेवा प्रवाहमा अवरोध देखिएको थियो।

डाइरेक्टर अलीले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका कार्यालयलाई सहयोगस्वरूप कम्प्युटर हस्तान्तरण गरेको जनाएका छन। उनले नगरवासीलाई सहज र छिटोछरितो सेवा उपलब्ध गराउन सानो योगदान दिन पाउँदा खुसी लागेको बताए।

कार्यक्रममा बोल्दै नगरप्रमुख वेदनारायण गच्छदारले कम्प्युटर सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै नगरपालिकाले सामना गर्नुपरेको संकट समाधानमा यो सहयोगले ठूलो राहत दिने बताए। उनले नगरपालिकाको डिजिटल सेवा प्रणालीलाई पुनः सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्दै उद्योग क्षेत्रको सामाजिक उत्तरदायित्वले स्थानीय शासनलाई सुदृढ बनाउन टेवा पुग्ने बताए।

यसै अवसरमा नगरपालिकाका कर्मचारीहरूले पनि सहयोगप्रति आभार प्रकट गरेका थिए। उनीहरूले सरकारी कार्यालयलाई आवश्यक साधन–स्रोत उपलब्ध गराउन निजी क्षेत्रबाट प्राप्त हुने योगदान उदाहरणीय रहेको जनाएका छन्।

दुहबी नगरपालिका भदौ २४ को घटनापछि आधारभूत सूचना–प्रविधि उपकरणविहीन बनेको थियो। निजी क्षेत्रले गरेको सहयोगले अब नगरपालिकाको नियमित प्रशासनिक काम, सूचना व्यवस्थापन र सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

जनताको समस्या सिंहदरबारसम्म पुर्‍याउने अभियान हो : अध्यक्ष प्रचण्ड

अर्काे पाेस्ट

गिरि फाउन्डेसनको पहलमा कैदीबन्दीहरूको स्वेच्छिक रक्तदान

सम्बन्धित अरु

समाचार

तारानन्द चौधरीको अध्यक्षतामा विद्यालय कर्मचारी परिषद् बर्जुको नयाँ कार्यसमिति गठन

असोज २५, २०८२

बर्जु (सुनसरी), २०८२ असोज २४ गते, शुक्रबार ।नेपाल विद्यालय कर्मचारी परिषद् बर्जु कार्य समिति, अमाहिबेल्हा, कोशी प्रदेशको तेस्रो गाउँपालिका अधिवेशन आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ। अधिवेशनबाट तारानन्द...

समाचार

गिरि फाउन्डेसनको पहलमा कैदीबन्दीहरूको स्वेच्छिक रक्तदान

असोज २४, २०८२

मोरङ, असोज २४ ।गिरि फाउन्डेसनको आयोजनामा मोरङ कारागारमा भएको रक्तदान कार्यक्रममा त्यहाँ सजाय भोगिरहेका कैदीबन्दीहरूले स्वेच्छाले रक्तदान गरेका छन्। समाजमा पछिल्ला दिनमा देखिएको रक्तअभावको गम्भीर परिस्थितिमा पनि जेलभित्र रहेका कैदीबन्दीहरूले...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • गिरि फाउन्डेसनको पहलमा कैदीबन्दीहरूको स्वेच्छिक रक्तदान

    0 shares
    Share 0 Tweet 0
  • नगरपालिकाका जलेर नष्ट भएका कम्प्युटरको सट्टा उद्योगी अलीद्वारा २ थान नयाँ कम्प्युटर हस्तान्तरण

    0 shares
    Share 0 Tweet 0
  • तारानन्द चौधरीको अध्यक्षतामा विद्यालय कर्मचारी परिषद् बर्जुको नयाँ कार्यसमिति गठन

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft