मिति : २०८२ असोज ७ गते (मंगलबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ असोज ७

जनताको समस्या सिंहदरबारसम्म पुर्‍याउने अभियान हो : अध्यक्ष प्रचण्ड

by By: The Our News
भदौ २२, २०८२
177

लम्जुङ, भदौ २२। पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालय पुगेको छ।

विद्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो लामो राजनीतिक यात्रामा यस विद्यालयसँग विशेष सम्बन्ध रहेको स्मरण गर्दै भन्नुभयो, “म धेरै अघि यहाँ आएको थिएँ, पहिलो पटक प्रधानमन्त्री भएपछिसमेत यो विद्यालयमा आएको थिएँ।”

उहाँले हालैको लम्जुङ कृषि क्याम्पस अवलोकन र त्यहाँ भएका छलफलको उल्लेख गर्दै वर्षा यामका कारण पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरिएको बताउनुभयो। “हामीले बैतडीदेखि कास्की सम्म अभियान चलाउँदा बर्खाका कारण स्थगित गर्नुपरेको थियो। अहिले फेरि यसलाई निरन्तरता दिएका छौं। यस अभियानमा हाम्रो जोडिनुको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्‍याउनु हो,” प्रचण्डले स्पष्ट गर्नुभयो।

अभियानका क्रममा जनयुद्ध र जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारसँग निरन्तर भेटघाट भइरहेको जानकारी दिँदै उहाँले उनीहरूको पीडा सम्बोधन गर्न पार्टीले प्रयासरत रहेको बताए। साथै, सरकारमा रहँदा सामाजिक न्याय, सुशासन र विदेशमा रहेका नागरिकका लागि सामाजिक सुरक्षा कोषमा समावेश गर्ने जस्ता काम गरेको पनि स्मरण गर्नुभयो।

“राम्रो काम गर्दै गर्दा हामीलाई सरकारबाट हटाइए पनि भ्रष्ट्राचार अन्त्य र सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौं,” प्रचण्डले जोड दिनुभयो।

अगाडिकाे पाेस्ट

संघीय स्वास्थ्य मन्त्रालयको टोलीद्वारा दुहबी नगर अस्पताल अनुगमन

सम्बन्धित अरु

समाचार

भदौ १७, २०८२

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली थियानजिनको औपचारिक कार्यक्रम सम्पन्न गरी आज रेलमार्गमार्फत चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । ओली बेइजिङमा उच्चस्तरीय भेटवार्ता तथा अन्य औपचारिक कार्यक्रममा सहभागी हुने कार्यतालिका...

समाचार

कर्मचारीको अवकासको उमेर हदको प्रस्ताव व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

भदौ १७, २०८२

काठमाडौं, भदौ १७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको उमेर हद सम्बन्धी आफुले यस अघि राखेको प्रस्ताव कसैको व्यक्तिष्त स्वार्थमा नभएको प्रष्ट पारेकी छन् ।...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • नेपाल शिक्षक महासङ्घ बर्जु, सुनसरीद्वारा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • संघीय स्वास्थ्य मन्त्रालयको टोलीद्वारा दुहबी नगर अस्पताल अनुगमन

    0 shares
    Share 0 Tweet 0
  • जलवायु न्यायमा नेपालको ऐतिहासिक भूमिका: युवाहरूले प्रचण्डको नेतृत्वको प्रशंसा

    0 shares
    Share 0 Tweet 0
  • भोक्राहा नरसिंह–२ मा संस्कृति संवाद कार्यक्रम सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • 0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft