मिति : २०८२ फागुन ३० गते (सनिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ फागुन ३०

थारू समुदायको हक–हित माओवादी आन्दोलनको उपलब्धि हो : अध्यक्ष प्रचण्ड

by By: The Our News
भदौ १३, २०८२
337

कावासोती, नवलपुर भदौं १३ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताउनुभएको छ ।

नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आयोजित जिल्ला स्तरीय भौदी खेल प्रतियोगितामा सहभागी भइ सम्बोधन गर्नुभएका अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सम्पूर्ण थारु समुुदायले आत्मसाथ गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

“यदि जनयुद्ध र जनआन्दोलन नभएको भए, संविधानसभामा पुगिएको थिएन भने अहिले थारू समुदायको पहिचान, अधिकार र आयोग जस्ता उपलब्धिहरू सम्भव हुने थिएन,” प्रचण्डले भन्नुभयो ।

उहाँले संविधान निर्माणको क्रममा थारूलाई मधेसी क्लस्टरमा राख्ने वा केवल आदिवासी जनजातिको रूपमा समेट्ने दुई धाराबीचको बहसका बेला माओवादीले थारूको ‘अलग क्लस्टर’ को मान्यता र संवैधानिक आयोगको मागलाई प्रष्ट र बलियो रूपमा उठाएको कुरा थारु समुदायले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशमा थारू जनसंख्या न्यून भएकाले थारू समुदायको स्वतन्त्र राजनीतिक प्रतिनिधित्व सम्भव नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नवलपुर क्षेत्रलाई विशेष वा स्वायत्त क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने बताउनुभयो ।

“नवलपुर क्षेत्रमा गैँडाकोटदेखि विनायक त्रिवेणीसम्म थारूको क्लस्टर रहेको हुँदा, त्यसलाई विशेष क्षेत्र वा स्वायत्त क्षेत्रको रूपमा मान्यता दिनुपर्छ,” उहाँले भन्नुभयो। सोही माध्यमबाट प्रदेश र संघमा थारूको पहिचानअनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न सकिने उहाँको भनाई थियो ।

सो अवसरमा थारू संग्रहालयका लागि छुट्याइएको झन्डै ७ बिघा जग्गाको अहिलेसम्म भोगाधिकार नआएको विषयप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उक्त विषयलाई संसदमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उठाउने र वन मन्त्रालयसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

परम्परागत थारू खेल ‘भौदी’ लाई नेपाली मौलिकतासँग जोड्दै प्रचण्डले यसलाई थारू समुदायको विशिष्ट सांस्कृतिक सम्पदा भएको उल्लेख गर्नुभयो। “यो खेल हाम्रो नेपाली मौलिकता भएको थारू समुदायको क्रिकेट जस्तै हो,” भन्दै उहाँ भौदी प्रतियोगिताको उद्घाटन गर्दै केही क्षण खेलमा सहभागी समेत हुनुभएको थियो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले युवाकालमा नवलपुरको त्रिभुवन टारस्थित विद्यालयमा करिब ६ महिना शिक्षकका रूपमा बिताएको स्मरण गर्दै यहाँको समुदायप्रति आफ्नो भावनात्मक लगाव रहेको बताउनुभयो। यो क्षेत्रलाई पञ्चायती शासनविरुद्धको आन्दोलनको प्रारम्भिक थलोको रूपमा पनि उल्लेख गर्नुभयो ।

संविधानले व्यवस्था गरेका स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रसम्बन्धी प्रावधान अझै कार्यान्वयनमा नआएको उल्लेख गर्दै उहाँले दलित, महिला, आदिवासी लगायत उत्पीडित समुदायहरूको अधिकार स्थापनाको कार्य अझै अधुरो रहेको बताउनुभयो ।

“थारू समुदायको पहिचान स्थापित गर्नु मात्रै होइन, बाँकी अधिकार प्राप्तिको संघर्षमा पनि माओवादी सधैं थारू लगायत दलित, महिला, आदिवासी लगायत सबै उत्पीडित समुदायसँग छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो।

अगाडिकाे पाेस्ट

नेपाल शिक्षक महासङ्घ बर्जु, सुनसरीद्वारा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

अर्काे पाेस्ट

भोक्राहा नरसिंह–२ मा संस्कृति संवाद कार्यक्रम सम्पन्न

सम्बन्धित अरु

राजनीति

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

राजनीति

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • ‘जोगी सर’ले कसरी बनाउँदै छन् जनतालाई जोगी ?

    0 shares
    Share 0 Tweet 0
  • मोरङ–३ मा चुनावी प्रतिस्पर्धाबीच आत्मीयता: डा. सुनिल शर्मा र ईरान राईबीच सौहार्दपूर्ण भेटघाट

    0 shares
    Share 0 Tweet 0
  • नेपाललाई दक्षिण एसियामै आर्थिक रूपमा समृद्ध बनाउनु पर्छ : ज्ञानेन्द्र कार्की

    0 shares
    Share 0 Tweet 0
  • मोरङ ५ : युवा यादव र जनताले ‘ठुक्राएका’ यादवबीच प्रतिस्पर्धा, यादव समुदायको भोट कसलाई ?

    0 shares
    Share 0 Tweet 0
  • मत नबदल्ने अडानसहित महिलाहरू भगवती चौधरीको अभियानमा सक्रिय,

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft