मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको शुभकामना सन्देश

by By: The Our News
भदौ १, २०८२
306

बिराटनगर ,१ भाद्र २०८२ / कोशी प्रदेशको राजधानी विराटनगरको ऐतिहासिक तथा साँस्कृतिक गौरवको प्रतीकका रूपमा रहेको रथयात्राको अवसरमा कोशी प्रदेश एवम् स्वदेश तथा विदेशमा रहनुभएका नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कोशी प्रदेश विविधतायुक्त प्रदेश हो । यो प्रदेशको राजधानी विराटनगरमा वषौंदेखि मनाउँदै आइएको रथयात्राले प्रदेशको गौरव मात्र बढाएको छैन, यसले हाम्रो साँस्कृतिक परम्परा र रीतिरिवाजलाई पनि बलियो बनाएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट नेपालकै सबैभन्दा ठूलो रथयात्राका रूपमा विराटनगरमा निस्कदै आएको रथयात्रा अत्यन्तै महत्वपूर्ण छ। कोशी प्रदेशका विभिन्न भागमा अहिले रथयात्राको प्रचलन फैलिदै गएको छ। यसले हाम्रो साँस्कृतिक पर्वलाई बलियो बनाउँदै लगेको मैले महसुस गरेको छु। यो रथयात्रा केवल धार्मिक श्रद्धाको मात्र परिचायक नभएर हाम्रो सामाजिक एकता, सहिष्णुता र साझा संस्कृतिको अनुपम उदाहरण पनि हो ।

वि.सं. १९८८ सालमा खटयात्राको रूपमा सुरु भई वि.सं. २०२४ सालदेखि रथयात्राको रूपमा निरन्तर सञ्चालन हुँदै आएको यसले विराटनगर मात्र होइन, सम्पूर्ण प्रदेशकै पहिचानलाई उजागर गर्दै हामीवीचको एकतालाई बलियो बनाएको छ। कोशी प्रदेश सरकार सबै जातजाति, धर्म, संस्कृति, परम्परा र चाडपर्वहरूलाई संरक्षण र प्रवर्धन गर्न प्रतिवद्ध छ। बहुभाषिक, बहुजातिय र बहुसाँस्कृतिक विविधताले भरिपूर्ण हाम्रो प्रदेशलाई हाम्रा पर्वहरूले साँस्कृतिक रुपमा समृद्ध बनाएका छन्। “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई प्राप्त गर्न पनि हाम्रा परम्परा र पर्वहरुले महत्वपूर्ण भूमिका खेल्न सक्दछन्। कोशी प्रदेश सरकारले पर्यटनका माध्यमबाट रोजगारी र राष्ट्रिय पूँजीको विकास गर्नका निम्ति पर्यटन वर्ष मनाइरहेको छ। यसको महत्वपूर्ण पाटो हाम्रो साँस्कृतिक विविधता पनि हो। पर्यटन वर्षलाई प्रवर्धन गर्नका लागि पनि यस्ता धार्मिक र साँस्कृतिक पर्वहरुले उल्लेख्य योगदान गर्ने मैले महसुस गरेको छु। नेपाल र भारतका विभिन्न स्थानबाट आउनु हुने भक्तजनहरूको सहभागिताले पनि यस रथयात्रालाई अझ भव्य र महत्त्वपूर्ण बनाएको छ।

रथयात्राले हामीलाई परम्परागत धार्मिक संस्कारसँगै समृद्ध साँस्कृतिक मूल्यहरूको संरक्षण र प्रवर्द्धन गर्न प्रेरित गर्ने विश्वास लिएको छु। यसले हाम्रो आपसी एकता, भाइचारा र सामाजिक सद्भावलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षासहित रथयात्राको भव्य सफलताको कामना गर्दछु ।

अगाडिकाे पाेस्ट

विराटनगरमा किड्स भिलेज स्कूलमा श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा सम्पन्न

अर्काे पाेस्ट

उद्योगी महेश जाजुलाई उद्घोष दैनिकको उत्कृष्ट विज्ञापनदाता सम्मान

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft