काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जनाउँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको जनाएको हो ।
निगमले जारी गरेको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। नयाँ मूल्य परिवर्तन शनिबारदेखि लागू हुने निगमले जनाएको छ।
