मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

नेपाल भारतबीचको सम्बन्ध सुदृढ बनाउन युवा नेताहरुको सक्रियता बढ्दो

by By: The Our News
भदौ १, २०८२
558

विराटनगर । हालै सम्पन्न एक भेटघाट कार्यक्रममा सहभागी भारतीय नेताहरुले नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन आफूहरु निरन्तर तत्पर रहेको बताएका छन्। उक्त कार्यक्रममा भारततर्फका सांसद तथा नेताहरुले दुई देशबीचको राजनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिने उल्लेख गर्दै सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा समेत सहकार्यको सम्भावना रहेको धारणा व्यक्त गरे।

सांसद प्रदीप कुमार सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई केवल राजनीतिक तहमा मात्र सीमित नराखी जनस्तरमा समेत विश्वास र सहकार्य बढाउनु जरुरी रहेको बताए। उनका अनुसार दुई देशबीचको सामाजिक, सांस्कृतिक आदानप्रदान र आर्थिक सहकार्य विस्तारले दीर्घकालीन सम्बन्धलाई सबल बनाउन सक्नेछ।

त्यसैगरी नेपाली युवा नेताहरु नेपाली कांग्रेसका अभिषेक गिरी र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अलम लगायतकाले पछिल्ला वर्षमा दिल्ली लगायत भारतका विभिन्न शहरमा आयोजना हुने राजनीतिक संवाद, वैचारिक छलफल तथा आदान-प्रदान कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका छन्। उनीहरुको सक्रियता निरन्तर बढ्दै गएको देखिएको छ।

विशेषगरी नयाँ पुस्ताका युवा नेताहरुले नेपाल-भारतबीचको सम्बन्धलाई अझ गहिरो र विश्वासपूर्ण बनाउन निरन्तर पहल गरिरहेका छन्। उनीहरुको सक्रियताले दुवै देशबीचको सम्बन्धलाई समयानुकूल र दीर्घकालीन बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अगाडिकाे पाेस्ट

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

अर्काे पाेस्ट

श्रीकृष्ण जन्माष्टमीको अवसरमा नवनिर्मित रथ हस्तान्तरण

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft