मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

मोरङ–५ मा एमाले उम्मेदवार मनोजकुमार अग्रवालको चुनावी अभियान तीव्र, वडा–वडामा भेला र छलफल

by By: The Our News
माघ २१, २०८२
241

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीमा रहेका मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार मनोजकुमार अग्रवालले भेला र छलफललाई तीव्रता दिएका छन् । नेकपा एमालेबाट संघीय संसद् प्रवेश अग्रवालले आफ्नो क्षेत्रभरिका आममतदाताका साथै पार्टी, भाृतृ अनि जनवर्गीय संगठनको भेला तथा छलफललाई तीव्रता दिएका हुन् ।

तीव्र रूपमा छलफल र भेलामा सक्रिय रहेका अग्रवालले यस क्रममा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पालिकाका वडाहरुमा पुगेर चुनावी तयारी र रणनीतिबारे भलाकुसारी गरिरहेका छन् । पार्टीका अगुवा र नागरिक समाजसँग छलफल थालेका अग्रवालले स्थानीय रूपमा सम्बोधन गर्नुपर्ने विकासका मुद्दा तथा जनअपेक्षाका विषयमा पनि विचार विमर्श गर्ने गरेका छन् ।

जनचाहनाअनुसार आफू अघि बढ्न र विकासलाई गति दिनकै लागि आफू उम्मेदवार बनेको बताउने अग्रवालले जनतासँग छलफल गरेर क्षेत्रगत योजना बुन्न थालेका छन् । उनले स्थानीय सडक, पुल–पुलेसा, सिँचाईलगायत विषयमा उठेका मुद्दाहरूमा समेत छलफल गरी समस्या समाधानमा आफूले दर्बिलो ढंगले पहल लिने प्रतिबद्धता जनाउने गरेका छन् ।

जनताको सधैं समीपमा रहन रुचाउने अग्रवाललाई एमालेले पछिल्लो १० वर्षमा पहिलोपटक आफ्नै उम्मेदवारको रूपमा उठाएको हो । विगतका दुई निर्वाचनमा एमालेका मतदाताले आफ्नै चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न पाएका थिएनन् । २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो र एमालेले माओवादीका शिवकुमार मण्डललाई समर्थन गरेको थियो ।

२०७९ को निर्वाचनमा एमालेले जसपा नेपालसँग तालमेल गर्दै जसपाका उम्मेदवार जयराम यादवलाई समर्थन गरेको थियो । यद्यपि, सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए । अहिले भने दलहरूले आ–आफ्नै उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् । यस क्षेत्रबाट ८ स्वतन्त्रसहित २२ जना उम्मेदवारी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

अगाडिकाे पाेस्ट

सुनसरी–४ मा कार्कीको दाबी: “८०% प्रतिबद्धता पूरा, बाँकी कामका लागि फेरि मैदानमा

अर्काे पाेस्ट

सुनसरी–४ : विकासको बहस, अनुभवको दाबी र मतदाताको अपेक्षा

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft