मिति : २०८३ बैशाख १८ गते (शुक्रवार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १८

सुनसरी–४ : विकासको बहस, अनुभवको दाबी र मतदाताको अपेक्षा

by By: The Our News
माघ २१, २०८२
199

सुनसरी। सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।

घरदैलो अभियान, आमसभा र अन्तरक्रियामार्फत उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्। यस क्रममा विगतका विकास कार्य, हालको अवस्था र आगामी योजनालाई लिएर क्षेत्रभर बहस चर्किएको छ।

२०७४ र २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीले जित हासिल गरेको यो क्षेत्रमा पुनः नेपाली कांग्रेसको तर्फबाट कार्की नै उम्मेदवार छन्। कार्कीका पक्षधरहरूले विगत केही वर्षमा सुनसरी–४ मा सडक सञ्जाल विस्तार, पिच सडक निर्माण तथा शिक्षा स्वास्थ्य तर्फ भौतिक पूर्वाधार निर्माणमा निकै प्रगति भएको दावी गर्छन्।

उनीहरूका अनुसार अहिले सहज आवतजावत सम्भव बनाउने सडक पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कार्यकालमा सुरु भई सम्पन्न भएका हुन्। कांग्रेसका नेता कार्कीले शुरु गरेका बहुवर्षीय योजनाहरू अझै पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहेकाले विकासको निरन्तरताका लागि अनुभवयुक्त नेतृत्व आवश्यक रहेको धारणा राख्दै आएका छन्।
कार्कीको कुशल नेतृत्वको बखान गर्दै सो क्षेत्रका मतदाताहरु उत्साहित देखिन्छ।

संघियता आए देखि विकास निर्माण कार्यमा संघ, प्रदेश र स्थानीय तिनै तहको समन्वय आवश्यक पर्ने भएकाले यस क्षेत्र बाट कोशी प्रदेशमा दुवटा सांसद जितेको छ। त्यस्तै सबै स्थानीय तहमा समेत कांग्रेसले नै जितेको अवस्था छ। जसकारण आगामी दिनमा विकास गर्न समेत सहज हुने उनिहरुको भनाई छ।

यता अन्य राजनीतिक दलका नेताहरूले भने विकासलाई कुनै एक व्यक्ति वा दलको मात्र उपलब्धि मान्न नहुने प्रतिक्रिया दिएका छन्। विपक्षी दलहरूले सुनसरी–४ का केही बस्तीहरू अझै पनि गुणस्तरीय सडक, सुरक्षित खानेपानी, रोजगारी र प्रभावकारी सेवा प्रवाहबाट पछि परेको उल्लेख गर्दै आगामी दिनमा समावेशी र आवश्यकता आधारित विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय मतदाताहरूको धारणा भने मिश्रित देखिन्छ। बराहक्षेत्र नगरपालिका–५ का स्थानीय बासिन्दा रामकुमार थापा भन्छन्, “अघिल्लो केही वर्षमा सडकको अवस्थामा सुधार भएको छ, पहिले जस्तो हिँड्न गाह्रो छैन।”

त्यसैगरी, इनरुवा–४ की मतदाता उँरावका अनुसार विकाससँगै आधारभूत सेवा पनि महत्वपूर्ण छन्। उनी भन्छिन्, “सडक त बने, तर रोजगारी र स्वास्थ्य सेवामा अझै सुधार आवश्यक छ।”

हरिनगरका युवामतदाता जमसेद अंसारीले आगामी योजनामा पारदर्शिता, जेन-जी पुस्ताको सहभागिता र स्थानीयहरुको जिवन उकास्ने हुनुपर्नेमा जोड दिए। “विकासको नाममा के भयो, के भएन भन्ने कुरा स्पष्ट देखिनुपर्छ,” उनको भनाइ छ।

निर्वाचन नजिकिँदै जाँदा सबै दलका उम्मेदवारहरू शान्तिपूर्ण रूपमा प्रचारप्रसारमा संलग्न छन्। मतदाताहरूले विगतको कार्यसम्पादन, वर्तमान आवश्यकता, जेन-जी बिद्रोहको उपलब्धि र भावी योजनाको तुलनात्मक मूल्याङ्कन गरिरहेको देखिन्छ।

सुनसरी–४ मा यो निर्वाचन केवल उम्मेदवारको प्रतिस्पर्धा मात्र नभई विकासको दिशा र प्राथमिकता तय गर्ने अवसरका रूपमा हेरिएको छ।
विकासका उपलब्धि, बाँकी चुनौती र मतदाताको अपेक्षालाई केन्द्रमा राख्दै सुनसरी–४ को चुनावी प्रतिस्पर्धा क्रमशः निर्णायक मोडतर्फ अघि बढिरहेको छ।

अगाडिकाे पाेस्ट

मोरङ–५ मा एमाले उम्मेदवार मनोजकुमार अग्रवालको चुनावी अभियान तीव्र, वडा–वडामा भेला र छलफल

अर्काे पाेस्ट

आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा संक्षिप्त ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft