मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

प्रतिबद्धता पूरा गर्न असफल मिनेन्द्र रिजाल: मोरङ–२ का मतदाताको गुनासो

by By: The Our News
माघ १८, २०८२
211

मोरङ–२ का उम्मेदवार मिनेन्द्र रिजाल, जसले पूरा गर्न सकेनन् आफ्नो प्रतिबद्धता
शेरबहादुर देउवाको नेतृत्व रहँदा २०७९ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले टिकट पाएनन् । त्यसबेला गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले डा. रिजालको टिकट खोसिन् । तर, तत्कालीन नेकपा माओवादी केन्द्रको साथ पाउँदासमेत सुजाताले चुनाव जित्न सकिनन् । बरु, नेकपा एमालेका ऋषिकेश पोखरेलले कांग्रेसको गढ मानिने मोरङ–२ मा जित हात पार्दै संघीय संसदमा प्रवेश पाए ।

कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानन्त्री गिरिजाप्रसादका उत्तराधिकारी मानिने डा. रिजालको असहयोगका कारण सुजाताले हार्नुपरेको भन्ने आक्षेप अहिले पनि केही कांग्रेस कार्यकर्ता लगाउँछन् । प्रायः गिरिजालाई भजाएर राजनीतिमा फट्को मार्न खोज्ने मीनेन्द्रलाई गिरिजाकी छोरी सुजाताले चुनावमा सघाउँथिन् । यसै कारण हुन सक्छ, उनले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक जित दर्ता गराएका थिए । मोरङका ६ वटै निर्वाचन क्षेत्रमा त्यसबेलाको वाम गठबन्धनका उम्मेदवारले चुनाव जित्दा एक्लै प्रतिस्पर्धामा होमिएको कांग्रेसबाट मीनेन्द्रले विजयी हात पारेका थिए ।

निर्वाचनपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २०७८ असोज २२ गते डा. रिजाललाई रक्षामन्त्रीमा नियुक्त गरेका थिए । तथापि, गिरिजाबाबूकै कोटाबाट उनी मन्त्रीमा नियुक्त भएका थिए । कांग्रेसको १४औं महाधिवेशनबाट प्राप्त नजिताप्रति असन्तुष्टि जनाउँदै रिजालले मन्त्री बनेको तीन महिनामै राजीनामा ठोके । तर, निर्वाचनअघि र चुनावपछि रिजालले मोरङ–२ का मतदातालाई जति प्रतिबद्धता जनाएका थिए, मन्त्री बन्दासमेत पनि त्यीमध्ये कुनै बाचा उनले पूरा गर्न सकेनन् ।

डा. रिजालले मोरङ–२ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित क्षेत्र बनाउने भन्दै गिरिजाबाबूजस्तै देश–तथा विदेशबाट सहयोग ल्याएर काम गर्न सक्छु भन्ने बाचा गरेका थिए । क्षेत्रगत विकास निर्माणको समस्त जिम्मा आफूले लिने ठोकुवा गरेका थिए । बक्राहा नदीलाई कृषि सिचाइँका लागि प्रयोग गर्न ठुलो आयोजना ल्याउने, विकासको कामले गति समात्ने उनले बाचा गरेका थिए ।

पश्चिममा लोहन्द्रादेखि पूर्वमा रतुवासम्मको नदी नियन्त्रण गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताउने उनका ती योजना कहाँ पुगे मतदाताले सोध्न थालेका छन् । मोरङ–२ विराटनगर बजारजस्तो नभएर सुकुम्बासी समस्या र गरिबी व्याप्त भएको अनि पिछडिएको उल्लेख गर्दै उनी आफैं भन्ने गर्थे ः यी सबै समस्या समाधान म संसद पुगेपछि गर्छु । तर, अहिले पनि यस क्षेत्र अपेक्षित रूपले विकसित भइसकेको छैन ।

उनीबाट मतदाताले जति अपेक्षा गरेका थिए, त्यी सबै आशामै मात्र सीमित बने । बरु, रिजाल निकट मानिने कार्यकर्ताहरूले उनीबाट फाइदा उठाएको जनगुनासो व्याप्त छ । त्यससँगै मोरङ–२ का मतदाताहरू मिनेन्द्रलाई ‘टुरिस्ट’ उम्मेदवारका रूपमा व्याख्या गर्दै चुनाव लक्षित अभियानबाहेक उनीसँग भेटै नहुने तर्क गर्छन् ।

अब, एकपटक फेरि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका डा. रिजालले सहज जित आत्मसात् गर्ने दाबी गरिरहेका छन् । तथापि, रिजालले भनेजस्तै उनको जित सहज भने छैन । डा. रिजालले यसपालि रंगेलीका निवर्तमान मेयर तथा एमालेका उम्मेदवार दिलीप बगडियाको चुनौती सामना गर्नुपर्ने छ । दुई कार्यकालको आठ वर्ष नगरको विकास गरेको उत्साह बोकेर क्षेत्र विकास गर्ने विश्वासका साथ चुनावी मैदानमा उत्रिएका बगडिया रिजालका लागि चुनौती बन्न सक्छन् ।

अझ, डा. रिजालकै टिममा रहेका कांग्रेसी युवा नेता मानिने राजन निरौलाले स्वतन्त्र उम्मेदवारी दिएका कारण पनि उनको भोट काटिन सक्ने आँकलन गरिएको छ । अनि, यो क्षेत्रबाट रास्वपाले जेनजी आन्दोलनमा संसद भवन जलाउने कार्यमा संलग्न देखिएका कृष्ण कार्कीलाई पनि उम्मेदवार बनाएको छ ।

अगाडिकाे पाेस्ट

बर्जु–१ स्थित श्री लक्ष्मी आधारभूत विद्यालयमा विषालु सर्प फेला, ठूलो दुर्घटना टर्‍यो

अर्काे पाेस्ट

सुनसरी–४ मा कार्कीको दाबी: “८०% प्रतिबद्धता पूरा, बाँकी कामका लागि फेरि मैदानमा

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft