मिति : २०८३ साउन ५ गते (मंगलबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ साउन ५

बर्जु–१ स्थित श्री लक्ष्मी आधारभूत विद्यालयमा विषालु सर्प फेला, ठूलो दुर्घटना टर्‍यो

by By: The Our News
माघ २, २०८२
339

बर्जु (सुनसरी) । सुनसरी जिल्लाको सदरमुकामबाट करिब २७ किलोमिटर दक्षिणमा पर्ने बर्जु गाउँपालिका–१, बुग्डहरीस्थित श्री लक्ष्मी आधारभूत विद्यालय परिसरमा आइतबार दिउँसो करिब १ बजे विषालु सर्प फेला परेको छ । समयमै उद्धार गरिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।

विद्यालय परिसरमा सर्प देखिएपछि विद्यालयकी प्रधानाध्यापक इन्दिरा फुयालले तत्कालै विपद् व्यवस्थापन शाखा प्रमुख गणेश चापागाईंलाई जानकारी गराउनुभएको थियो। चापागाईंले सर्पलाई नछोई सुरक्षित दूरीबाट निगरानी गर्न आग्रह गर्दै १०–१५ मिनेटभित्र उद्धारकर्ता पठाइने जानकारी दिनुभएको थियो । त्यस अवधिमा विद्यालय परिवारले सतर्कता अपनाउँदै सर्पको निगरानी गरेको थियो ।

साथै विद्यालयका सूचना अधिकारीले शिक्षा शाखा प्रमुख हेमराज दाहालसँग पनि सम्पर्क गरेका थिए। शिक्षा शाखाको समन्वयमा सुनसरी जिल्लामा कार्यरत एकमात्र सर्प उद्धारकर्ता इन्द्र पोखरेललाई तुरुन्तै बोलाइएको थियो । हाल बर्जु गाउँपालिका–६ मा कार्यरत पोखरेलले १०–१५ मिनेटभित्र विद्यालय पुग्ने जानकारी दिएका थिए ।

उद्धारकर्ता पोखरेल वडाबाट आएका विकास नाम गरेका एक प्रतिनिधिसहित विद्यालय पुगेपछि करिब २०–२५ मिनेटको खोजतलासपछि सर्प फेला पारिएको थियो। उद्धारकर्ताका अनुसार उक्त सर्प भारतीय प्रजातिको करिब १२ वर्ष पुरानो अत्यन्तै विषालु रहेको छ ।

घटनापछि विद्यालय प्रशासनले समयमै सहयोग र समन्वय गरेकोमा शिक्षा शाखा प्रमुख हेमराज दाहाल तथा विपद् व्यवस्थापन शाखा प्रमुख गणेश चापागाईंलाई धन्यवाद व्यक्त गरेको छ ।

तर घटनासँगै एक गम्भीर विषय पनि बाहिर आएको छ। सर्प उद्धारकर्ता पोखरेलले हालसम्म सर्प उद्धारका लागि आवश्यक सुरक्षात्मक सामग्री र उपकरण विपद् व्यवस्थापन शाखाबाट उपलब्ध नगराइएको गुनासो गरेका छन् । यस्ता जोखिमपूर्ण उद्धार कार्यमा आवश्यक सामग्रीको अभावले मानव जीवनमा ठूलो खतरा निम्त्याउन सक्ने भन्दै स्थानीय सरोकारवालाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

अगाडिकाे पाेस्ट

आत्मनिर्भरता तर्फ कदम : दुहबीमा महिला लक्षित स्तरवृद्धि तालिम समापन

अर्काे पाेस्ट

प्रतिबद्धता पूरा गर्न असफल मिनेन्द्र रिजाल: मोरङ–२ का मतदाताको गुनासो

सम्बन्धित अरु

समाचार

हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

असार १८, २०८३

कैलाश माझीसप्तरी सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित फत्तेपुर बसपार्कदेखि चन्द्र नहर पुलसम्मको सडक विकासको प्रतीक होइन, राज्यको चरम बेवास्ता र जिम्मेवारीहीनताको ज्वलन्त उदाहरण बनेको छ। केही सय मिटरको यो सडक पार...

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft