मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

आत्मनिर्भरता तर्फ कदम : दुहबीमा महिला लक्षित स्तरवृद्धि तालिम समापन

by By: The Our News
पुष २४, २०८२
219

दुहबी नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालन गरिएको कपडामा अचरा फुलबुट्टा भर्ने १ महिने स्तरवृद्धि तालिम आज बिहीबार सम्पन्न भएको छ। दुहबी नगरपालिका–११, तनमुनाका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा ११ जना महिलाको सहभागिता रहेको थियो।

यसअघि गत वर्ष दुहबी नगरपालिकाले तनमुनाका ११ जना महिलालाई उद्यम सञ्चालनका लागि बिउँ पुँजीस्वरूप सिलाइ मेसिन (प्रविधि) हस्तान्तरण गर्दै प्रारम्भिक तालिम प्रदान गरेको थियो। उक्त तालिमपछि महिलाहरूले व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा थप सिप अभिवृद्धिको आवश्यकता महसुस गरी नगर प्रमुख वेदनारायण गच्छादारको पहलमा पुनः १ महिने स्तरवृद्धि तालिम सञ्चालन गरिएको हो।

तालिम समापन समारोहमा नगर प्रमुख गच्छादारले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुहबीका हरेक युवायुवतीलाई कुनै न कुनै माध्यमबाट रोजगारीसँग जोडेर आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए। लघु उद्यममार्फत बेरोजगार तथा घरायसी कामकाजी महिलालाई सिपमूलक तालिम र बिउँ पुँजी उपलब्ध गराउँदै व्यवसायिकता र आत्मनिर्भरताको अभियान आफूले निरन्तर अघि बढाइरहेको उनको भनाइ थियो।

“मेरो सपना भनेकै नगरवासीको सन्तुष्टि र सहज जीवनयापन हो। आर्थिक पक्ष सबल नभएसम्म सामाजिक तथा पारिवारिक हिंसाको जोखिम र परनिर्भरतामा बाँच्नुपर्ने बाध्यता अन्त्य हुन सक्दैन,” नगर प्रमुख गच्छादारले भने। उनले निष्कपट र इमान्दारिताका साथ बेरोजगार युवायुवती, अपाङ्गता भएका नागरिक तथा उद्यमी बन्न चाहने सबैलाई उपलब्ध स्रोत, साधन र सिप प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वरिष्ठ उद्यम विकास सहजकर्ता दिवेश चौधरी, सहजकर्ता शशिकला विश्वासलगायतको उपस्थिति रहेको थियो।

अगाडिकाे पाेस्ट

अभिषेक गिरीले विराटनगर महानगर कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा, पार्टी र संगठनलाई मजबुत बनाउने प्रतिबद्धता

अर्काे पाेस्ट

बर्जु–१ स्थित श्री लक्ष्मी आधारभूत विद्यालयमा विषालु सर्प फेला, ठूलो दुर्घटना टर्‍यो

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft