मिति : २०८२ फागुन ३० गते (सनिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ फागुन ३०

नेपाल शिक्षक महासङ्घ बर्जु, सुनसरीद्वारा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

by By: The Our News
भदौ १३, २०८२
334

नेपाल शिक्षक महासङ्घ बर्जु, सुनसरीद्वारा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

बर्जु (सुनसरी), २०८२ भदौ १३ गते – नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वानमा शुक्रबार देशभरका ७५३ स्थानीय तहमा एकैपटक आयोजित २ घण्टे धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अन्तर्गत सुनसरीको बर्जु गाउँपालिकामा समेत धर्ना कार्यक्रम सम्पन्न भएको छ।

बर्जु गाउँपालिकामा सम्पन्न धर्ना कार्यक्रममा विभिन्न शिक्षक संगठनका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको नेतृत्व नेपाल शिक्षक महासङ्घ बर्जु कार्यसमितिले गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल शिक्षक महासङ्घ बर्जु अध्यक्ष विजय कुमार चौधरी, नेपाल शिक्षक सङ्घ बर्जु अध्यक्ष विनोद गुरुङ, नेपाल राष्ट्रिय शिक्षण संगठनका अध्यक्ष युवराज श्रेष्ठ, संघीय शिक्षक फोरम नेपाल अध्यक्ष रामानन्द मेहता, विद्यालय कर्मचारी परिषद बर्जु अध्यक्ष बाबुराम राय, बाल विकास शिक्षक कार्यसमिति अध्यक्ष सावित्री कर्ण, र प्रधानाध्यापक संघका संयोजक पुनितलाल चौधरी लगायतका वक्ताहरूले शिक्षकका हकहित, पेशागत मर्यादा, सेवा सुरक्षा र शिक्षाको गुणस्तरसम्बन्धी विषयमा आ–आफ्ना धारणा राखेका थिए।

धर्नामा बर्जु गाउँपालिकाभित्र रहेका २७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको व्यापक सहभागिता रहेको थियो। सहभागीहरूले नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले राखेका मागहरूलाई समर्थन गर्दै शीघ्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरे।

ध्यानाकर्षण पत्र बर्जु गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र महतलाई ज्ञापनपत्र बुझाएका थिए । उनले तपाईहरुको ध्यानाकर्षण पत्र सम्बन्धित निकायमा पठाउने भन्ने बाचा सहित ध्यानाकर्षण पत्र बुझेका थिए ।

माग र कार्यक्रमको पृष्ठभूमि

शिक्षक संगठनहरूले हालै सरकारले ल्याउन खोजेको शिक्षा ऐनको प्रावधान, शिक्षकको सेवा सुविधा , स्थायीकरण प्रक्रिया, सम्मानजनक तलब–सुविधा, बढुवा र पेशागत हकहित सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै देशव्यापी रूपमा दबाब कार्यक्रम सञ्चालन गरिरहेका छन्।

यही सन्दर्भमा आयोजित धर्ना कार्यक्रममा सहभागी शिक्षकहरूले शान्तिपूर्ण ढंगले आफ्ना माग राख्दै बर्जु गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका थिए।

नेपाल शिक्षक महासङ्घका अनुसार माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइनेछ।

अगाडिकाे पाेस्ट

शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आग्रह बर्जुमा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

अर्काे पाेस्ट

थारू समुदायको हक–हित माओवादी आन्दोलनको उपलब्धि हो : अध्यक्ष प्रचण्ड

सम्बन्धित अरु

शिक्षा

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

शिक्षा

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • ‘जोगी सर’ले कसरी बनाउँदै छन् जनतालाई जोगी ?

    0 shares
    Share 0 Tweet 0
  • मोरङ–३ मा चुनावी प्रतिस्पर्धाबीच आत्मीयता: डा. सुनिल शर्मा र ईरान राईबीच सौहार्दपूर्ण भेटघाट

    0 shares
    Share 0 Tweet 0
  • नेपाललाई दक्षिण एसियामै आर्थिक रूपमा समृद्ध बनाउनु पर्छ : ज्ञानेन्द्र कार्की

    0 shares
    Share 0 Tweet 0
  • मोरङ ५ : युवा यादव र जनताले ‘ठुक्राएका’ यादवबीच प्रतिस्पर्धा, यादव समुदायको भोट कसलाई ?

    0 shares
    Share 0 Tweet 0
  • मत नबदल्ने अडानसहित महिलाहरू भगवती चौधरीको अभियानमा सक्रिय,

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft