मिति : २०८२ कार्तिक ३० गते (सनिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ कार्तिक ३०

शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आग्रह बर्जुमा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

by By: The Our News
भदौ १३, २०८२
241

बर्जु (सुनसरी), १३ भदौ २०८२ । शिक्षा क्षेत्रलाई गुणस्तरीय, पेशागत र स्थिर बनाउनुपर्ने आवश्यकता औंल्याउँदै नेपाल शिक्षक महासङ्घ बर्जु कार्यसमितिको आयोजनामा शुक्रबार ध्यानाकर्षण कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय समितिको आह्वानमा देशभर एकसाथ गरिएको दुई घण्टे धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अन्तर्गत बर्जु गाउँपालिकामा आयोजित कार्यक्रममा २७ सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रह्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल शिक्षक महासङ्घ बर्जु अध्यक्ष विजय कुमार चौधरी, नेपाल शिक्षक सङ्घ अध्यक्ष विनोद गुरुङ, नेपाल राष्ट्रिय शिक्षण संगठन अध्यक्ष युवराज श्रेष्ठ, संघीय शिक्षक फोरम नेपाल अध्यक्ष रामानन्द मेहता, विद्यालय कर्मचारी परिषद अध्यक्ष बाबुराम राय, बाल विकास शिक्षक कार्यसमिति अध्यक्ष सावित्री कर्ण र प्रधानाध्यापक संघ संयोजक पुनितलाल चौधरीले शिक्षकका हकहित, पेशागत मर्यादा र शिक्षाको गुणस्तरबारे धारणा राख्दै मागलाई सरकारसमक्ष गम्भीरतापूर्वक सम्बोधन गर्न जोड दिए।

वक्ताहरूले शिक्षकको सेवा–सुविधा, स्थायीकरण, बढुवा, सम्मानजनक पारिश्रमिक र पेशागत अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी शिक्षा ऐनमा शिक्षक हितमैत्री प्रावधान राख्न सरकारलाई सुझाव दिए।

ध्यानाकर्षण पत्र बुझाउँदै सहभागीहरूले शान्तिपूर्ण तरिकाले आफ्ना माग राखे। नेपाल शिक्षक महासङ्घका अनुसार माग पूरा नभएसम्म आन्दोलन चरणबद्ध रूपमा अगाडि बढाइनेछ।

शिक्षक संगठनहरूले यस आन्दोलनलाई शिक्षा प्रणालीलाई सबल, पारदर्शी र गुणस्तरीय बनाउन गरिएको कदमका रूपमा व्याख्या गर्दै समाज, अभिभावक र सरकारलाई यसप्रति सकारात्मक दृष्टिकोण राख्न आग्रह गरेका छन्।

अगाडिकाे पाेस्ट

प्रचण्ड : “भारतसँग कालापानी–लिपुलेकबारे सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म नै”

अर्काे पाेस्ट

नेपाल शिक्षक महासङ्घ बर्जु, सुनसरीद्वारा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

सम्बन्धित अरु

शिक्षा

तारानन्द चौधरीको अध्यक्षतामा विद्यालय कर्मचारी परिषद् बर्जुको नयाँ कार्यसमिति गठन

असोज २५, २०८२

बर्जु (सुनसरी), २०८२ असोज २४ गते, शुक्रबार ।नेपाल विद्यालय कर्मचारी परिषद् बर्जु कार्य समिति, अमाहिबेल्हा, कोशी प्रदेशको तेस्रो गाउँपालिका अधिवेशन आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ। अधिवेशनबाट तारानन्द...

शिक्षा

गिरि फाउन्डेसनको पहलमा कैदीबन्दीहरूको स्वेच्छिक रक्तदान

असोज २४, २०८२

मोरङ, असोज २४ ।गिरि फाउन्डेसनको आयोजनामा मोरङ कारागारमा भएको रक्तदान कार्यक्रममा त्यहाँ सजाय भोगिरहेका कैदीबन्दीहरूले स्वेच्छाले रक्तदान गरेका छन्। समाजमा पछिल्ला दिनमा देखिएको रक्तअभावको गम्भीर परिस्थितिमा पनि जेलभित्र रहेका कैदीबन्दीहरूले...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft