मिति : २०८३ बैशाख १८ गते (शुक्रवार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १८

शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आग्रह बर्जुमा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

by By: The Our News
भदौ १३, २०८२
342

बर्जु (सुनसरी), १३ भदौ २०८२ । शिक्षा क्षेत्रलाई गुणस्तरीय, पेशागत र स्थिर बनाउनुपर्ने आवश्यकता औंल्याउँदै नेपाल शिक्षक महासङ्घ बर्जु कार्यसमितिको आयोजनामा शुक्रबार ध्यानाकर्षण कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय समितिको आह्वानमा देशभर एकसाथ गरिएको दुई घण्टे धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अन्तर्गत बर्जु गाउँपालिकामा आयोजित कार्यक्रममा २७ सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रह्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल शिक्षक महासङ्घ बर्जु अध्यक्ष विजय कुमार चौधरी, नेपाल शिक्षक सङ्घ अध्यक्ष विनोद गुरुङ, नेपाल राष्ट्रिय शिक्षण संगठन अध्यक्ष युवराज श्रेष्ठ, संघीय शिक्षक फोरम नेपाल अध्यक्ष रामानन्द मेहता, विद्यालय कर्मचारी परिषद अध्यक्ष बाबुराम राय, बाल विकास शिक्षक कार्यसमिति अध्यक्ष सावित्री कर्ण र प्रधानाध्यापक संघ संयोजक पुनितलाल चौधरीले शिक्षकका हकहित, पेशागत मर्यादा र शिक्षाको गुणस्तरबारे धारणा राख्दै मागलाई सरकारसमक्ष गम्भीरतापूर्वक सम्बोधन गर्न जोड दिए।

वक्ताहरूले शिक्षकको सेवा–सुविधा, स्थायीकरण, बढुवा, सम्मानजनक पारिश्रमिक र पेशागत अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी शिक्षा ऐनमा शिक्षक हितमैत्री प्रावधान राख्न सरकारलाई सुझाव दिए।

ध्यानाकर्षण पत्र बुझाउँदै सहभागीहरूले शान्तिपूर्ण तरिकाले आफ्ना माग राखे। नेपाल शिक्षक महासङ्घका अनुसार माग पूरा नभएसम्म आन्दोलन चरणबद्ध रूपमा अगाडि बढाइनेछ।

शिक्षक संगठनहरूले यस आन्दोलनलाई शिक्षा प्रणालीलाई सबल, पारदर्शी र गुणस्तरीय बनाउन गरिएको कदमका रूपमा व्याख्या गर्दै समाज, अभिभावक र सरकारलाई यसप्रति सकारात्मक दृष्टिकोण राख्न आग्रह गरेका छन्।

अगाडिकाे पाेस्ट

प्रचण्ड : “भारतसँग कालापानी–लिपुलेकबारे सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म नै”

अर्काे पाेस्ट

नेपाल शिक्षक महासङ्घ बर्जु, सुनसरीद्वारा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

सम्बन्धित अरु

शिक्षा

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

शिक्षा

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft