मिति : २०८३ साउन १० गते (आइतबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ साउन १०

प्रचण्ड : “भारतसँग कालापानी–लिपुलेकबारे सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म नै”

by By: The Our News
भदौ १२, २०८२
398

विराटनगर, १२ भदौ । नेपाल-भारत सीमा विवादको संवेदनशील विषय कालापानी र लिपुलेकबारे पहिलो पटक औपचारिक तथा सार्वजनिक रूपमा सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू नै भएको दाबी नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको छ ।

विराटनगरमा सम्पन्न काेशी प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, “पछिल्लो पटक प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा कालापानी र लिपुलेकको विषयमा गम्भीर छलफल गरी, इतिहासमै पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले भारतीय प्रधानमन्त्री मोदीलाई सीमा समस्या संवादबाट समाधान गर्ने सहमति गराएर सार्वजनिक घोषणा गराएको हो। यसबारे जनतालाई पनि बुझाउनुपर्छ ।

उहाँले सरकारको सकारात्मक कदमबारे जनतालाई जानकारी दिन पार्टीका कार्यकर्ताहरू सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । “हाम्रा उपलब्धिहरू कार्यकर्ताले नबोल्दा संगठनमा विकृति आउँछ,” प्रचण्डले जोड दिनुभयो ।

बैठकमा पार्टीभित्र बढ्दो वैचारिक अराजकता र अनुशासनहीनताप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले आलोचना र आत्मसमिक्षालाई संगठन सुदृढीकरणको आधारका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “समाजवादको तयारीका लागि हामीले अझ गहिरो वैचारिक बहस र राजनीतिक संघर्ष पार गर्नुपर्छ। मार्क्सवादको मूल तत्व नै आलोचना र आत्मसमिक्षा हो ।”

काेशी प्रदेश लाई “अग्रगामी चेतनाको स्रोत” का रूपमा व्याख्या गर्दै प्रचण्डले यहाँका कार्यकर्ताहरूको आलोचनात्मक चेतना पार्टीको विकासका लागि सकारात्मक संकेत भएको उल्लेख गर्नुभयो । साथै, पार्टी विभाजनपछि पुनः फर्किएका नेताकार्यकर्तालाई सम्मानपूर्वक स्वागत गर्न निर्देशन दिँदै उहाँले होच्याउने, हेला गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्नुभयो ।

बैठकमा संगठन सुदृढीकरण, वैचारिक बहस तथा समसामयिक राजनीतिक चुनौतीबारे गहन छलफल गरिएको जनाएको छ ।

अगाडिकाे पाेस्ट

कालापानी–लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : अध्यक्ष प्रचण्ड

अर्काे पाेस्ट

शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आग्रह बर्जुमा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

सम्बन्धित अरु

राजनीति

हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

असार १८, २०८३

कैलाश माझीसप्तरी सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित फत्तेपुर बसपार्कदेखि चन्द्र नहर पुलसम्मको सडक विकासको प्रतीक होइन, राज्यको चरम बेवास्ता र जिम्मेवारीहीनताको ज्वलन्त उदाहरण बनेको छ। केही सय मिटरको यो सडक पार...

राजनीति

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft