मिति : २०८३ बैशाख १९ गते (सनिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १९

विराटनगर–बर्जु सडकखण्डमा खाल्डाखुल्डीका कारण दुर्घटना श्रृंखला रोकिएन

by By: The Our News
भदौ ३, २०८२
309

जुगेश दास । सुनसरी विराटनगरबाट बर्जु–४ जाने क्रममा बाटो विग्रिएका कारण बर्जु गाउँपालिका वडा नं. ४ हरवनी निवासी तथा हाल नोवेल मेडिकल कलेजको इमर्जेन्सी वार्डमा कार्यरत विजय कुमार चौधरी हिजो राति १२ बजे गम्भीर दुर्घटनामा परेका छन्। मोटरसाइकलमा सवार चौधरी दुधुवा पुलनजिकैको ठूलो खाल्डोमा पसेपछि दुर्घटनामा परेका हुन्।

स्थानीयवासीका अनुसार सो स्थानमा पटक–पटक दुर्घटना हुने गरेको छ। ठूलो खाल्डोका कारण प्रायः यात्रुहरू घाइते हुने क्रम रोकिएको छैन। विराटनगर कोशी प्रदेशको राजधानी बने पनि यहाँका सार्वजनिक सडकहरू भने राजधानीको हैसियतअनुरूप छैनन्। दैनिक सयौं सवारी आवतजावत हुने बाटो वर्षौँदेखि जिर्ण अवस्थामा रहे पनि जिम्मेवार निकाय भने उदासीन देखिन्छ।

विराटनगर महानगरपालिका वडा नं. ६ मा पर्ने दुधुवा खोलानजिकैको सडक खण्ड विशेषतः यात्रुहरूका लागि ‘मृत्युकुप’ सावित हुँदै आएको छ। तर स्थानीय सरकार, नगरप्रमुखदेखि वडा अध्यक्षसम्मले चासो दिएको पाइँदैन। सडक मर्मतमा करोडौं बजेट खर्चिएको दाबी गर्ने महानगरको वास्तविकता भने खाल्डाखुल्डी र धुलाम्मे बाटोमै सीमित छ।

जनताको जीवनसँग खेलबाड भइरहेको यस्ता खाल्डाखुल्डी सडकबारे स्थानीय सरकारले तत्काल चासो नदिए सडकले अझै कैयौं यात्रुलाई अस्पताल पु-याउने वा जीवन नै खोस्ने खतरा बढ्दो छ। वडा अध्यक्ष र महानगरका जनप्रतिनिधि केवल प्रचारको नाममा फोटो खिच्न व्यस्त देखिँदा विराटनगरका सडक ‘दुर्घटनाको फन्दामा’ परिणत भएका छन्।

अगाडिकाे पाेस्ट

करार कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको परमादेश

अर्काे पाेस्ट

माओवादी केन्द्रको पदाधिकारी बैठक प्रचण्डको अध्यक्षतामा पेरिसडाँडामा शुरू ।

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft