मिति : २०८३ साउन ११ गते (सोमबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ साउन ११

करार कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको परमादेश

by By: The Our News
भदौ २, २०८२
383

काठमाडौं । सर्वोच्च अदालतले करार सेवामा कार्यरत कर्मचारीलाई समेत स्थायी कर्मचारी सरह महँगी भत्ता उपलब्ध गराउन सरकारलाई परमादेश जारी गरेको छ। सोमबार न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन्। एकीकृत सरकारी कर्मचारी संगठनका तर्फबाट उपाध्यक्ष श्यामप्रसाद सापकोटाले गत असार १६ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

विभेदको गुनासो

रिट निवेदनमा करार कर्मचारीहरूले आफूहरूलाई विभेद गरिएको जिकिर गरेका थिए।
‘सँगै काम गर्ने स्थायी कर्मचारीले भत्ता पाउँछन्, हामीले पाउँदैनौं। महँगी त सबैलाई बराबर बढ्छ,’ एक कर्मचारीले बताए, ‘यसरी असमान व्यवहार भएकै कारण हामीले रिट दिएका थियौं।’

सरकारले २०८२/८३ को बजेटमार्फत तलब वृद्धि नगरी महँगी भत्ता पाँच हजार रुपैयाँ पुर्‍याए पनि करार सेवामा कार्यरत कर्मचारीलाई यो सुविधा दिइएको थिएन।

विपक्षी बनाइएका निकाय

रिटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद सचिवालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाइएको थियो।

माग र आदेश

रिट निवेदनमा स्थायी र करार/अस्थायी कर्मचारीबीच विभेद हुने गरी भएका निर्णय र पत्राचार बदर गर्न माग गरिएको थियो। साथै, महँगी भत्ता, बिरामी बिदा, घर बिदा, संचयकोष योगदानमा आधारित सामाजिक सुरक्षा, बीमा तथा निजामती अस्पतालमा उपचार सुविधा समेत स्थायी कर्मचारी सरह उपलब्ध गराउन माग गरिएको थियो। सर्वोच्चको यो आदेशसँगै अब करार सेवामा कार्यरत कर्मचारीले पनि स्थायी कर्मचारी सरह महँगी भत्ता पाउने भएका छन्।

अगाडिकाे पाेस्ट

गिरि फाउन्डेसनको पहल : आमा–छोरालाई घर निर्माणमा सहयोग

अर्काे पाेस्ट

विराटनगर–बर्जु सडकखण्डमा खाल्डाखुल्डीका कारण दुर्घटना श्रृंखला रोकिएन

सम्बन्धित अरु

समाचार

हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

असार १८, २०८३

कैलाश माझीसप्तरी सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित फत्तेपुर बसपार्कदेखि चन्द्र नहर पुलसम्मको सडक विकासको प्रतीक होइन, राज्यको चरम बेवास्ता र जिम्मेवारीहीनताको ज्वलन्त उदाहरण बनेको छ। केही सय मिटरको यो सडक पार...

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft