मिति : २०८२ मंसिर २७ गते (शुक्रवार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ मंसिर २७

विराटनगरमा अबको दुईदिनपछि राधाकृष्ण रथयात्रा, आयोजकको भव्य तयारी

by By: TheOurNews
साउन ३०, २०८२
270

विराटनगर । अबको दुईदिन पछि अर्थात भदौ १ गते आईतबार विराटनगरमा निकालिने लागिएको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी भव्य रुपमा भइरहेको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले यसपटकको ५८ औँ रथयात्राको तयारीको लागि सम्पुर्ण रथयात्रा समारोह उपसमितिहरुसँगहरु छलफल तथा भेटघाटलाई निरन्तरता दिईरहेको छ । यसपटक १६ वटा उपसमिति रहेका छन् । जसका लागि झाँकी व्यावस्था उपमिति, स्वयम सेवक, प्राथमिक उपचार, प्रसाद व्यावस्थापन, पिउने पानी व्यास्थापन , फोहोर व्यावस्पन , अध्ययन तथा अनुसन्धान, सुपरिवेक्षण , रथमार्ग संकेत निर्देशन, प्राविधिक लगायतका उपसमितिहरुसँग दैनिक भेटघाट तथा छलफलका कामहरु भईरहेका छन् । यता रथको पनि रङरोगनका सम्पुर्ण कामहरु सम्पन्न भईसकेको छ भने अब लाईट, बत्ती र फुलहरु लगाएर सजाउने कामहरु पनि सुरु हुदैछ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिरमा विधिवत रुपमा रथलाई सिंगारेर अपाह्न्न ३ पछि तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ । रथ यात्रामा नेपाल र भारतका करिब ५ लाख भक्तजन सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी लगायत पूर्वका जिल्ला तथा भारतको बिहार र पश्चिम बंगालबाट रथको अवलोकन गर्न भक्तजनहरु आउने गरेका छन् । रथको डोरी छुँदा मोक्ष प्राप्त र मनोकामना पूरा हुने जनविश्वास छ ।

यसको धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव छ,’ रथयात्राका मुख्य सारथी (पण्डित ) भवानीशंकर निरौलाले रथकोबारेमा बर्णन गर्दै भने, रथयात्रा विराटनगरकै एउटा प्रमुख चाड भएको र यसमा लाखौं श्रद्धालुको चासो दिएर आउने गरेका छन् ।’ हरेक वर्ष रथलाई नयाँ ढंगले सिँगार्ने क्रममा यस वर्ष केही परिवर्तन गरिएको छ । १९८८ सालदेखि खटयात्राको रुपमा सुरु भएको यो धार्मिक महत्वको उत्सव २०२५ सालदेखि रथयात्रामा रुपान्तरण भएको थियो । त्यसबेला बनेको रथ जीर्ण र साँघुरो भएका कारण त्यसलाई भत्काएर नयाँ रथ बनाइएको हो ।

रथको चौडाई १४ फिट, लम्बाई १९ फिट र उचाई २१ फिट रहेको छ । रथयात्राका क्रममा विभिन्न झाँक्रीहरु प्रदर्शन गरिने छ । रथयात्राका क्रममा कुनै अप्रिय घटना हुन नदिनका लागि मोरङ प्रशासनले सुरक्षा सयन्त्रलाई परिचालन गरिसकेको छ । नेपाल प्रहरीले सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसँग समन्वय गरेर सुरक्षा व्यवस्था मजबुत बनाएको मोरङ प्रहरीले जनाएको छ ।

अर्काे पाेस्ट

बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

सम्बन्धित अरु

समाचार

अवकास प्राप्त स्वास्थ्य स्वयंसेविकालाई २० हजारसहित बिदाइ — “परोपकारी आमाहरूलाई सलाम” : मेयर गच्छेदार

मंसिर २०, २०८२

दुहबी, १९ मंसिर।उमेर हदका कारण अनिवार्य अवकास लिएका पाँच जना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला, प्रशंसापत्र र नगद २०/२० हजार रुपैयाँसहित दुहबी नगर प्रमुख वेद गच्छेदारले सम्मानपूर्वक बिदाइ गरेका छन्। बिदाइ...

समाचार

तारानन्द चौधरीको अध्यक्षतामा विद्यालय कर्मचारी परिषद् बर्जुको नयाँ कार्यसमिति गठन

असोज २५, २०८२

बर्जु (सुनसरी), २०८२ असोज २४ गते, शुक्रबार ।नेपाल विद्यालय कर्मचारी परिषद् बर्जु कार्य समिति, अमाहिबेल्हा, कोशी प्रदेशको तेस्रो गाउँपालिका अधिवेशन आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ। अधिवेशनबाट तारानन्द...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • अवकास प्राप्त स्वास्थ्य स्वयंसेविकालाई २० हजारसहित बिदाइ — “परोपकारी आमाहरूलाई सलाम” : मेयर गच्छेदार

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft