प्रेम शिला यादव सिरहा १० श्रावण – सिरहाको गोलबजारमा करारको कर्मचारीहरुले गरेको कार्यालय तोडफोड निन्दनीय रहेको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले पत्रकार समेलनमा बताए । नगरपालिकाले असार ३० गते करार अबधि थप नगर्दा कर्मचारीहरुको एक समुहले नगरपालिकाको कार्यालयमा तोडफोड गरेकाे प्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ । नगरपालिकाले कर्मचारी भर्ना गर्दा दक्ष अनुभवीलाई पारदर्शी प्रकृया अपन्याएर माग गरिएका छन् ।करार अबधि थप नगरेका कर्मचारीहरुले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारलाई कुण्ठीत नगर्न ध्यानाकर्षण भएको छ । श्रावण ४ गते गरिएको सिटी जुलुसमा सेवा ग्राही जितेन्द्र साफी माथी भएको ढुङगा प्रहारले स्थानीय बासीहरु आर्काेसित भएका छन् । नगरपालिकाको सार्बजनिक सम्पत्ति तोडफोड र भाचिएको कुर्सी जस्ता हिंसात्मक गतीबिधीलाई पालिकाले घोरभतसना गरेको छ । र त्यस्ता ब्यक्तीहरुलाई कानुनी कार्वाहीको लागी संबंधित निकाय संग माग गरिएका छन् ।
यस्तो घटना न दोहरिन सम्बन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन् भनी तीन राजनीति दल नेपाली काङ्ग्रेसका राजदेब यादव, हरिनारायण यादव, नेकपा एमालेका राज किशोर महतो द्वारा हस्ताक्षरित संयुक्त प्रेस बिज्ञप्तीमा उल्लख छ ।