प्रमुख प्रशासकीय अधिकृत मेहतालाई सम्मान सहित विदाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेपछि रामप्रसादराई गाउँपालिका भोजपुरले प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहतालाई ससम्मान विदाई गरेको छ ।
उनको भोक्राहा नरसिंह गाउँपालिका सुनसरीमा सरूवा भएको छ । उनी करिब दश महिना सो गाउँपालिकामा कार्यरत रहे । सो अवधिमा निजले उल्लेखनिय प्रशासनिक सुधार गरी सेवा प्रवाहलाई सहज, सरल, छिटो, छरितो र प्रभावकारी वनाएको कारण गाउँपालिकाले अधिकृत मेहतालाई कदरपत्र सहित विदाई गरेको हो।
उनको कार्यकालमा रामप्रसादराई गाउँपालिकामा भएका असल अभ्यासहरू, सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रवन्धमा एकदमै कमजोर रहेको गाउँपालिकालाई छोटो समयको कार्यकालमा उनले निकै परिवर्तन ल्याई सरल र सहज रूपमा सेवा प्रवाहको अनुभुती जनतालाई गराउन सफल भएको प्रतिक्रिया गाउँपालिका अध्यक्ष विजय राईले दिनु भयो ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकन (LISA) मा चालिस अंक भन्दा कम अंक ल्याएको उक्त पालिकाले वहाँको नेतृत्व पाएपछि छोटो समयमा उनान्साठी अंक ल्याउन सफल भयो । आर्थिक अनुशासनमा विशेष जोड दिने वहांको कार्यशैलीले लगभग नगन्य मात्रामा वेरूजु कायम हुन सकेको छ ।
वहाँको प्रशासनिक नेतृत्वकालमा वसाइएका जगहरू कायम नै रहने हो सो गाउँपालिकाको सेवा प्रवाह अरू स्थानीय तह भन्दा फरक र प्रभावकारी हुने विश्वास स्थानीयले लिएका छन् । वहाँले अवको यात्रा सुनसरीको भोक्राहा नरसिहं गाउँपालिकाको हुने बताउनुभो ।