मिति : २०८३ साउन १० गते (आइतबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ साउन १०

हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

by By: The Our News
असार १८, २०८३
209

कैलाश माझी
सप्तरी

सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित फत्तेपुर बसपार्कदेखि चन्द्र नहर पुलसम्मको सडक विकासको प्रतीक होइन, राज्यको चरम बेवास्ता र जिम्मेवारीहीनताको ज्वलन्त उदाहरण बनेको छ। केही सय मिटरको यो सडक पार गर्न स्थानीयले हरेक दिन जोखिम, सास्ती र अपमान सहनुपरेको अवस्था छ।

वर्षात् लागेपछि सडकभरि हिलो, पानी र गहिरा खाल्डाखुल्डीले सवारीसाधन सञ्चालन कठिन मात्र होइन, पैदल हिँड्नसमेत मुस्किल भएको छ। घाम लाग्दा यही सडक धुलोको मुस्लो बनेर सर्वसाधारणको स्वास्थ्यसँग खेलिरहेको छ।

स्थानीयवासीका अनुसार यो सडक अब सडकजस्तो देखिँदैन। जहाँतहीँ खाल्डाखुल्डी, भत्किएको सतह र जमेको पानीले सडकभन्दा बढी खोलाको झल्को दिन थालेको छ। मोटरसाइकल चालक लड्ने, साइकल चालक दुर्घटनामा पर्ने र पैदलयात्री हिलो छल्न नसकी सास्ती खेप्ने दृश्य यहाँ दैनिकजसो देखिन्छ।

सबैभन्दा चिन्ताजनक पक्ष के हो भने यही सडक भएर स्वास्थ्य चौकी फत्तेपुर पुग्नुपर्छ। दैनिक सयौँ बिरामी, गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा आकस्मिक उपचार आवश्यक परेका नागरिक यही सडक भएर स्वास्थ्य सेवा लिन बाध्य छन्। तर उपचार पाउनुअघि नै उनीहरूले जोखिमपूर्ण सडकसँग जुध्नुपर्ने विडम्बना छ। एम्बुलेन्स सञ्चालनसमेत कठिन हुने अवस्थाले कुनै पनि बेला गम्भीर मानवीय क्षति हुन सक्ने खतरा स्थानीयले औँल्याएका छन्।

यही सडकको छेउमै वडा नं. १ को कार्यालय रहेको छ। जन्मदर्ता, मृत्युदर्ता, सामाजिक सुरक्षा, सिफारिसलगायत सरकारी सेवा लिन नागरिकले यही बाटो प्रयोग गर्नुपर्छ। तर सेवा दिने कार्यालयसम्म पुग्ने बाटो नै दयनीय हुँदा स्थानीय सरकारको सेवा प्रवाह र विकासप्रतिको संवेदनशीलतामाथि प्रश्न उठेको छ।

यही सडकबाट राष्ट्रिय माध्यमिक विद्यालयका सयौँ विद्यार्थी हरेक बिहान विद्यालय पुग्छन्। वर्षामा हिलोमा जुत्ता गाड्दै, लड्दै र घाममा धुलो निल्दै विद्यालय जान बाध्य बालबालिकाको अवस्था अभिभावकका लागि चिन्ताको विषय बनेको छ।

फत्तेपुर बसपार्क व्यापारिक दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो। दैनिक सयौँ यात्रु, व्यापारी, किसान, कर्मचारी तथा सर्वसाधारण यही सडक प्रयोग गर्छन्। तर सडकको यस्तो अवस्थाले व्यापार, यातायात र जनजीवन नै प्रभावित भएको स्थानीयको गुनासो छ।

सामाजिक सञ्जालमा सडकको दयनीय अवस्थाका तस्बिर र भिडियो व्यापक रूपमा भाइरल भइरहेका छन्। नागरिकको प्रश्न छ— चुनावका बेला विकासका ठूला सपना देखाउने नेताहरू अहिले कहाँ छन्?

यस क्षेत्रबाट निर्वाचित संघीय सांसद पुष्पा चौधरी, खगेन्द्र कर्ण तथा मधेश प्रदेशसभा सदस्य राजकुमार लेखीको आवतजावत हुने यही सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहँदा पनि प्रभावकारी पहल नदेखिएको भन्दै स्थानीय आक्रोशित छन्।

प्रतिक्रिया माग्दा नगरप्रमुख कृष्णप्रसाद ढकालले सडकको ठेक्का प्रक्रिया सम्पन्न भइसकेको र निर्माण कार्य छिट्टै सुरु हुने जानकारी दिए। तर स्थानीयको भनाइ स्पष्ट छ।

“आश्वासन होइन, अब काम चाहियो।”

अब प्रश्न सरकार, जनप्रतिनिधि र सम्बन्धित निकायलाई छ— फत्तेपुरका विद्यार्थीले धुलो र हिलोसँग कहिलेसम्म लड्ने? बिरामीले उपचारभन्दा पहिले सडकको पीडा कहिलेसम्म सहने? कर तिरेका नागरिकले आधारभूत सडकको अधिकारबाट कहिलेसम्म वञ्चित रहने? यसको जवाफ अब शब्दले होइन, कामले दिनुपर्ने बेला आएको छ।

अगाडिकाे पाेस्ट

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

सम्बन्धित अरु

राजनीति

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

राजनीति

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft