मिति : २०८३ बैशाख १८ गते (शुक्रवार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १८

फागुन २१ पछि कांग्रेसकै सरकार बन्छ : कार्कीको दाबी

by By: The Our News
फागुन १०, २०८२
209

सुनसरी // ज्ञानेन्द्र बहादुर कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनपछि देशमा कांग्रेस नेतृत्वको सरकार बन्ने दाबी गरेका छन्। सुनसरी निर्वाचन क्षेत्र नं. ४ का नेपाली कांग्रेस उम्मेदवारसमेत रहेका कार्कीले देशभरको राजनीतिक माहोल कांग्रेसको पक्षमा उन्मुख भएको जिकिर गरे।
हरिनगर गाउँपालिका-१ वडा कार्यसमितिले आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै उनले आफूलाई अनुभवी र सबैलाई मिलाएर लैजान सक्ने नेताको रूपमा प्रस्तुत गरे। “बारम्बार सरकार फेरिँदा विकास निर्माण प्रभावित भयो,” उनले भने, “अब स्थिर, समावेशी र जिम्मेवार सरकार आवश्यक छ, त्यो क्षमता कांग्रेससँग छ।”


कार्कीले सुनसरी-४ मा पछिल्ला वर्षहरूमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाइ क्षेत्रमा भएको प्रगति उल्लेख गर्दै २०७४ अघिको अवस्थाभन्दा अहिले स्पष्ट सुधार देखिएको दाबी गरे। आगामी दिनमा अझ तीव्र गतिमा विकास अघि बढाउने उनको प्रतिबद्धता थियो।


उनले राजनीतिक स्थायित्व, आर्थिक सुधार, रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण र सुशासनलाई आफ्नो प्राथमिकता बताए। युवालाई स्वदेशमै अवसर, किसानलाई प्राविधिक सहयोग र बजार सुनिश्चितता दिलाउने तथा स्थानीय तहसँग समन्वय गरेर सन्तुलित विकास गर्ने प्रतिवद्धता व्यक्त गरे।


कार्यक्रममा सहभागी स्थानीय नेता–कार्यकर्ताले एकजुट भएर कांग्रेस उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाएका थिए। अन्त्यमा कार्कीले लोकतन्त्र सुदृढीकरण र स्थिर सरकार गठनका लागि विवेकपूर्ण मतदान गर्न मतदातासँग आग्रह गरे।

अगाडिकाे पाेस्ट

भलुवा गोल्डकपमा जस्ट जोन एफसी नाइजेरियाको ऐतिहासिक जित, व्यक्तिगत अवार्ड पनि हात पार्दै दबदबा

अर्काे पाेस्ट

निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा

सम्बन्धित अरु

राजनीति

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

राजनीति

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft