मिति : २०८२ फागुन २९ गते (शुक्रवार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ फागुन २९

मोरङ संघीय निर्वाचन क्षेत्र नं.-५ मा कम्पनी खातामा चुनावी सहयोग मागिएको विवाद: कडा कारबाहीको माग

by By: The Our News
फागुन १०, २०८२
173

विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार मोहम्मद रेजा हुसैन उर्फ सलिम अन्सारी विरुद्ध चुनावी सहयोग आफ्नै कम्पनीको खातामा मागिएको विषय सार्वजनिक भएपछि राजनीतिक तथा सामाजिक वृत्तमा तीव्र बहस सुरु भएको छ। सामाजिक सञ्जालमा भाइरल बनेको स्क्रिनसटमा उनले चुनावी खर्च व्यवस्थापनका लागि आर्थिक सहयोग अपिल गरेका छन्।

उक्त पोस्टमा उनले यस्तो लेखेका छन्…
“सबैभन्दा पहिला म सबैको आवश्यकतामा आफ्नो हैसियतभन्दा माथि उठेर उभिएको छु। आज म फेरि जनताको हकका लागि जनताको भरोसामा चुनाव लड्ने आँट र हिम्मत गरेको छु। ठूला ठूला पार्टीका नेताहरू जनतालाई बेवास्ता गरेर आज धनको वर्षा भोज भन्दै लोभ-प्रलोभनको झोला बोकेर तपाईँको घरदैलोमा पुगेका छन्।
अब म एक सिद्धान्तवादी, इमानदार र क्रान्तिकारीको पहिचान लिएर तपाईँहरू सामु आशा र भरोसाका साथ उभिएको छु। तपाईँ न्यायप्रेमी जनताले मलाई विभेदरहित साथ र सहयोग गरी आफ्नो प्रतिनिधि बनाएर संसदमा पठाउनुहुन्छ भन्ने विश्वास लिएको छु।
त्यसैले मलाई जिताउनका लागि चुनावी सामग्रीका निम्ति तपाईँ न्यायप्रेमी जनता र शुभचिन्तकबाट केही सहयोगको अपेक्षा गर्दछु। कम्तीमा १०० रुपैयाँदेखि माथि सक्दो सहयोग गरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु।”

तर, पोस्टसँगै उनले “के. अन्सारी नर्सरी” नामको कम्पनी खातामा रकम जम्मा गर्न आग्रह गरेको देखिएको छ। यही बिन्दुमा विवाद चर्किएको हो। निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार उम्मेदवारले चुनावी खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने, सबै आम्दानी-खर्चको पारदर्शी अभिलेख राख्नुपर्ने र तोकिएको खर्च सीमाभित्र मात्र प्रचार प्रसार गर्नुपर्ने व्यवस्था छ।

स्थानीय मतदाताहरूको आरोप छ, कम्पनी खातामा चुनावी सहयोग माग्नु भनेको कानुनी प्रक्रियाको उल्लंघन मात्र होइन, आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठाउने काम हो। “यदि सुरुबाटै आर्थिक प्रक्रिया अपारदर्शी भयो भने भोलि निर्वाचित भएपछि के अपेक्षा गर्ने?” भन्ने प्रश्न मतदाताहरूले उठाएका छन्।

आरोप सार्वजनिक भएसँगै सम्बन्धित पोस्ट हटाइएको बताइए पनि यसले उम्मेदवारको नियतमाथि प्रश्नचिन्ह खडा गरेको छ। विषय गम्भीर भएकाले निष्पक्ष छानबिन गरी आवश्यक कारबाही अघि बढाउन निर्वाचन आयोग समक्ष माग गरिएको छ।

निर्वाचन आयोगको आचारसंहिताले उम्मेदवारलाई पारदर्शिता, जवाफदेहिता र कानुनी प्रक्रियाको पालना गर्न स्पष्ट निर्देशन दिएको छ। यदि कम्पनी खातामा रकम संकलन गरिएको पुष्टि भएमा, त्यो आचारसंहिताविपरीत ठहरिन सक्ने कानुनी जानकारहरूको भनाइ छ।

हालसम्म अन्सारीको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। आरोपको गम्भीरताका कारण यस विषयमा स्पष्टिकरण आउनु आवश्यक देखिन्छ। स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सम्बन्धित निकायले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने स्थानीयको जोडदार माग छ।

अगाडिकाे पाेस्ट

नाम र कामले चिनिन्छन् दिलीप बगडिया

अर्काे पाेस्ट

भलुवा गोल्डकपमा जस्ट जोन एफसी नाइजेरियाको ऐतिहासिक जित, व्यक्तिगत अवार्ड पनि हात पार्दै दबदबा

सम्बन्धित अरु

राजनीति

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

राजनीति

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • ‘जोगी सर’ले कसरी बनाउँदै छन् जनतालाई जोगी ?

    0 shares
    Share 0 Tweet 0
  • मोरङ–३ मा चुनावी प्रतिस्पर्धाबीच आत्मीयता: डा. सुनिल शर्मा र ईरान राईबीच सौहार्दपूर्ण भेटघाट

    0 shares
    Share 0 Tweet 0
  • नेपाललाई दक्षिण एसियामै आर्थिक रूपमा समृद्ध बनाउनु पर्छ : ज्ञानेन्द्र कार्की

    0 shares
    Share 0 Tweet 0
  • मत नबदल्ने अडानसहित महिलाहरू भगवती चौधरीको अभियानमा सक्रिय,

    0 shares
    Share 0 Tweet 0
  • निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft