मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

रास्वपालाई दुई तिहाई नदिनेहरु देश विरोधी’ रास्वपा उम्मेदवार अशोक कुमार चौधरी

by By: The Our News
फागुन ८, २०८२
199

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अशोक कुमार चौधरीले रास्वपालाई दुई तिहाई मत नदिनेहरु देशविरोधी भएको बताएका छन् । सुनसरी क्षेत्र नं. ३ का रास्वपा उम्मेदवार चौधरीले आज इटहरीमा आयोजित ककस कार्यक्रममा आफुलाई मत नदिनेहरुलाई देशद्रोहीको संज्ञा दिए ।
इटहरी जेसिजद्वारा आयोजित कार्यक्रममा बोल्दै रास्वपा उम्मेदवार अशोक कुमार चौधरीले फागुन २१ गते हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीलाई दुई तिहाईको मत नदिने जनताहरु देशद्रोही रहेको जिकीर गरेका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनाबमा दुई तिहाई मागिरहेको छ । यदी तपाईहरु दुई तिहाई पुर्याउन लाग्नु हुन्न भने, एक भन्दा बढी अस्थिर सरकार चाहिरहनु भएको छ भने तपाई देश विरोधी हो ।’ चौधरीले भनेका छन् ।
रास्वपा उम्मेदवार चौधरीले सार्वजनिक कार्यक्रमबाटै मतदाताहरुलाई देश बिरोधी भनेपछि चर्को विरोध र नाराबाजी भएको थियो । आफुहरुलाई देशद्रोहीको संज्ञा दिएपछि कार्यक्रम हेर्न आएका स्थानीयहरुले रास्वपा र उनका उम्मेदवारको विरुद्धमा चर्को नाराबाजी गरेका थिए । ककस कार्यक्रममा सहभागी उम्मेदवारहरुले समेत चौधरीले दिएको अभिव्यक्ति संविधान विरोधी भएको बताएका छन् ।

अगाडिकाे पाेस्ट

मोरङ–३ मा चुनावी प्रतिस्पर्धाबीच आत्मीयता: डा. सुनिल शर्मा र ईरान राईबीच सौहार्दपूर्ण भेटघाट

अर्काे पाेस्ट

जेन–जीसँग प्रत्यक्ष संवाद : सुनसरी–४ मा ज्ञानेन्द्र बहादुर कार्कीको शालीन र स्पष्ट प्रस्तुति

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft