मिति : २०८२ फागुन २९ गते (शुक्रवार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ फागुन २९

सुनसरी–३ लाई मुलुककै उत्कृष्ट नमुना क्षेत्र बनाउने भगवती चौधरीको लक्ष्य

by By: The Our News
फागुन ४, २०८२
181

सुनसरी । नेकपा (एमाले) की प्रभावशाली नेतृ भगबती चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै उत्कृष्ट १० नमुना क्षेत्रको रुपमा विकास गर्ने आफ्नो अभिलाषा रहेको बताउनु भएको छ । सुनसरी जिल्लाका प्राध्यापक, बुद्धिजिवी, समाजसेवीहरुसँगको अन्तरक्रिया गर्दै फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य उम्मेदवार चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै १० नमुना क्षेत्र मध्ये एउटा नमूना क्षेत्रका रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउनु भएको हो ।
इटहरीमा आयोजित अन्तरक्रियामा सहभागी हुँदै उम्मेदवार चौधरीले २०७९ सालको निर्वाचन जितेर गएपछि आफ्नो क्षेत्रको विकासका लागि साढे तीन वर्षको अवधिमा करिब सवा अर्बको विकास बजेट ल्याएको र अब पुनः निर्वाचन जितेर गए आफ्नो क्षेत्रको कायापलट हुनेगरी विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘साढे तीन वर्षको अवधिमा झण्डै सवा अर्बको बजेट ल्याउन सफल भएँ, १६ वटा योजनाहरु त बाटो र पुलमै परेका छन् । कतिपय योजनाहरु निर्माण चरणमा छन् । ५ वर्षसम्मै सांसद रहन पाएको भए र एकाध वर्ष मात्रै मन्त्री बन्न पाएको भए अझ धेरै काम गर्न सक्थे ।’ पुनः निर्वाचित भएर गएको खण्डमा विगतका अधुरा काम गर्ने तथा युवाहरुका लागि आफ्नै क्षेत्रमा रोजगारी सिर्जना गर्ने उहाँको जिकीर छ ।
चौधरीले करिब साढे तीन वर्षको संसदीय यात्रामा आफुले आफ्नै क्षेत्रका जनतालाई सर्वोपरी राखेर संसद र सरकारमा भूमिका खेलेको बताउनु भयो । ‘सांसद भएर मन्त्री भएर मैले यो क्षेत्रको लागि तपाईहरुको लागि केही गर्न सकौं भन्ने मात्र मेरो उद्देश्य हो, राजनीति गरेर व्यक्तिगत स्वार्थ लिनुछैन । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, उद्यम, रोजगारीका सवालमा र भूमिहिन गरिब, विपन्न नागरिकको गाँस, बास र कपासको सुनिश्चितताको लागि पुनः एक पटक मौका दिनुहोस् ५ वर्ष काम गर्न पाए मैले गरेका प्रतिबद्धताहरु पुरा गरेरै देखाउँछु ।’ चौधरीले भन्नुभयो ।
साथै, उहाँले आफुले गर्नसक्ने मात्र प्रतिबद्धता गर्ने जनाउँदै झुट्टा आश्वासन नदिने पनि जिकीर गर्नुभयो । ‘मैले यो क्षेत्रलाई कस्तो बनाउने भनेर ०७९ सालकै निर्वाचनमा योजना बनाएको थिए, त्यसलाई पूर्णता दिनका लागि पनि तपाईहरुले यो पटक जिताउनु हुनेछ भन्नेमा पूर्ण विस्वास लिएको छु ।’ मुख्यतः ग्रामिण उद्योग मार्फत युवा स्वरोजगार, उद्यमशीलता र आर्थिक सशक्तिकरणलाई जोडेर कम्तिमा ५ हजार युवाहरुलाई आफ्नै घरमा बसेर काम गर्ने वातावरण बनाउन लाग्ने चौधरीको प्रतिबद्धता छ ।
सुनसरी ३ का भू–भागहरुलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग लगायतका विषयहरुसँग वर्गिकरण गरेर विकास गर्ने मोडल तयार पारेको बताउँदै भगबती चौधरीले केही ठूला उद्योगहरु स्थापना गर्नका लागि पहल भइरहेको पनि बताउनु भयो ।
अन्तरक्रियामा सहभागी प्राध्यापक, बुद्धिजिवीहरुले भगबती चौधरीलाई सिंगो देशले चिनेको र संघर्ष गरेर राजनीतिमा आएकोले पुनः जिताएर पठाउने प्रतिबद्धता जनाए । समाजसेवा, महिला सशक्तिकरण, युवा स्वरोजगार र आत्मर्निभरता आजको आवश्यक्ता भएकोले सोही अनुसार गर्न सक्ने प्रतिबद्धताहरुमात्र गरेर जनता माझ जान सल्लाह समेत दिएका छन् । कार्यक्रममा तीन दर्जन बढी समाजसेवी, बुद्धिजिवी र प्राध्यापकहरुको सहभागीता रहेको थियो ।

अगाडिकाे पाेस्ट

नेपाललाई दक्षिण एसियामै आर्थिक रूपमा समृद्ध बनाउनु पर्छ : ज्ञानेन्द्र कार्की

अर्काे पाेस्ट

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • ‘जोगी सर’ले कसरी बनाउँदै छन् जनतालाई जोगी ?

    0 shares
    Share 0 Tweet 0
  • मोरङ–३ मा चुनावी प्रतिस्पर्धाबीच आत्मीयता: डा. सुनिल शर्मा र ईरान राईबीच सौहार्दपूर्ण भेटघाट

    0 shares
    Share 0 Tweet 0
  • नेपाललाई दक्षिण एसियामै आर्थिक रूपमा समृद्ध बनाउनु पर्छ : ज्ञानेन्द्र कार्की

    0 shares
    Share 0 Tweet 0
  • मत नबदल्ने अडानसहित महिलाहरू भगवती चौधरीको अभियानमा सक्रिय,

    0 shares
    Share 0 Tweet 0
  • निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft