मिति : २०८३ बैशाख १८ गते (शुक्रवार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १८

सधैं सत्ताको पेरिफेरिमा विजय गच्छादार : १४ पटक मन्त्री बने, विवादमा फसिरहे

by By: The Our News
फागुन २, २०८२
221

विराटनगर । गत भदौमा भएको जेनजी विद्रोहको एउटै मुद्दा थियो, ‘युवाको हातमा देश’ । कांग्रेसको विशेष महाधिवेशनमा पनि पार्टी युवाकै नेतृत्वमा आउनुपर्छ भन्ने थियो । नभन्दै युवा नेता मानिने गगन थापा कांग्रेस सभापति बने । तर, उनै गगनले सुनसरी क्षेत्र नम्बर ३ मा भने युवा नेतालाई रोकेर ७२ वर्षका पाका व्यक्तिलाई उम्मेदवार बनाए ।

युवालाई अवसर दिनुपर्छ भन्ने दबाबलाई चिर्दै विजयकुमार गच्छदारलाई चुनावको टिकट दिएपछि क्षेत्रबासी निराश बनेका छन् । यसअघि सुनसरी–३ मै पनि दुहबी नगरपालिकाको विकासमा अतुलनीय भूमिका खेलेका वेदनारायण गच्छदारलाई कांग्रेसले उम्मेदवार बनाउने पक्कापक्की थियो । मनोनयन दर्ता गर्ने दिन गगन थापालाई मनाएर विजयकुमारले टिकट खोसे ।

देउवा पक्षका मुख्य स्तम्भ मानिने विजयकुमारले गगनलाई फकाएर लिएको यो टिकटको औचित्य पुष्टि गर्नुपर्ने ठुलो चुनौती छ । दशकौंसम्म सुनसरीको राजनीतिमा आफ्नै पेरिफेरिमा राख्न सफल उनी यसपालिको चुनाव जित्दै सुखद अन्त्य गर्ने दाउमा छन् ।

संसदीय व्यवस्थाको सबैभन्दा बढी लाभ लिने नेतामा पर्छन्, गच्छदार । २०४८ सालबाट संसदीय राजनीति थालेका गच्छदार त्यसयता संसद, सत्ता र सरकारमै छन् । संसदीय निर्वाचनमा उनले एमालेका विभिन्न उम्मेदवारलाई पराजित गर्दै सुनसरीमा आफ्नो पकड कायमै राखे । कांग्रेस, फोरम लोकतान्त्रिक अनि फेरि काङग्रेस—पार्टी बदल्दै गए पनि उनको सत्ता र प्रभाव भने कमजोर भएन ।

२०४८ सालदेखि २०७४ सम्म निरन्तर चुनाव जित्दै आएका गच्छदारको राजनीतिक यात्रामा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनले ठूलो मोड ल्यायो । सुनसरी–३ बाट उनी एमालेकी भगवती चौधरीसँग ५ हजार १ सय ८८ मतान्तरले पराजित भए । यो उनको संसदीय निर्वाचनको इतिहासमा पहिलो हार थियो ।

यो हारको पछाडि एउटै कारण थियो, उनीमाथिको भ्रष्टाचार मुद्दाको दाग । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका उनी यसपालि सोही मुद्दाको दाग पन्छाउँदै र अघिल्लो हारको हिसाव मिलाउँदै चुनावी मैदानमा होमिएका छन् । भ्रष्टाचार मुद्दामा सफाइ पाइसके तर प्रतिस्पर्धीहरूले अहिले पनि उनलाई ‘भ्रष्टाचारी’ भन्न छाडेका छैनन् ।

उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा दायर भएको मुद्दामा विशेष अदालतले २०८० फागुन ३ मा उनलाई सफाइ दिएको थियो । तथापि, उक्त आदेशविरुद्ध अख्तियारले २०८० फागुन २० मा सर्वोच्च अदालतमा पुनरवलोकन रिट दायर गरेको छ ।

गच्छदार नेपाली राजनीतिमा सबैभन्दा धेरै पटक मन्त्री बन्ने नेतामध्ये एकमात्र नेता हुन् । २०४७ पछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चार राज्यमन्त्री बनेर सत्ता प्रवेश गरेका उनी हालसम्म १४ पटक मन्त्री र ४ पटक उपप्रधानमन्त्री भइसकेका छन् । गिरिजाप्रसाद कोइरालाका ‘दाहिने हात’ मानिने गच्छदार कांग्रेसभित्र मात्रै नभएर कांग्रेसबाट बाहिरिँदा पनि शक्तिशाली नै रहे । गिरिजापछि उनी देउवानजिक भएर सत्ताको स्वाद चाखिरहे ।

कुनै समय भारी मतान्तरले जित्ने गच्छदारले पहिलो हार खेप्नुको कारण भनेकै घट्दो जनविश्वास हो । कार्यकर्ता र जनतासँग दूरी बढेको आरोप खेपिरहेका गच्छदारका विकल्पका रूपमा सुनसरीमा ज्ञानेन्द्रबहादुर कार्की खडा भएपछि उनका वरिपरि घुम्ने कार्यकर्ताहरूको भीडसमेत यति बेला घटेको छ । त्यसबाहेक पटकपटक सत्तावरिपरि रहे पनि क्षेत्रविकासमा सिन्को नभाँचेको आरोप यस क्षेत्रका मतदाताको छ ।

यसपालि युवा नेतालाई रोकेर टिकट हत्याएका गच्छदारले पुरानै प्रतिस्पर्धीसँग चुनाव भिड्दै छन् । आसन्न निर्वाचनमा एमालेकी भगवती चौधरीसँगको हार उल्टाउने दाउमा उनी छन् । उनीहरूबाहेक नयाँ भनिएको रास्वपाका अशोककुमार चौधरी पनि चुनावी दौडमा छन् ।

अगाडिकाे पाेस्ट

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व पुग्नुभएको छ ।हिउँ र प्रचण्डसँगै

अर्काे पाेस्ट

सुनसरी ३ मा भगबती चौधरीका पक्षमा खुलेर आए महिलाहरु, मत परिवर्तन नगर्ने अडान

सम्बन्धित अरु

Feature

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

Feature

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft