मिति : २०८३ बैशाख ६ गते (आइतबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख ६

बराहक्षेत्रमा कार्कीको पक्षमा जेन-जी र युवाकाे लहर, सुनसरी-४ मा तेस्रो जितको संकेत बलियो

by By: The Our News
फागुन ८, २०८२
197

सुनसरी : सुनसरी संघिय निर्वाचन क्षेत्र नं.-४ काे राहक्षेत्रमा यतिबेला चुनावी माहोल उत्साहजनक बनेको छ। ज्ञानेन्द्र बहादुर कार्कीको पक्षमा जेन-जी पुस्तासहित युवा, बुद्धिजीवी र परिवर्तन चाहने मतदाताको खुला समर्थन देखिन थालेपछि सुनसरी क्षेत्र नं.-४ को प्रतिस्पर्धा एकतर्फी बन्दै गएको विश्लेषण गरिएको छ। घरदैलो अभियानमा युवाहरूको उल्लेख्य सहभागिताले कार्कीको तेस्रो पटकको जित लगभग सुनिश्चितजस्तै देखिएको स्थानीय आकलन छ।

नेपाली कांग्रेसका प्रभावशाली र अध्ययनशील नेताका रूपमा चिनिने कार्कीले पार्टी संगठनभित्र एकता, समन्वय र विचारको राजनीति अघि बढाउँदै आएका छन्। संगठनलाई माया गर्ने, नीतिगत बहसमा सक्रिय रहने र राष्ट्रिय मुद्दामा स्पष्ट धारणा राख्ने नेताका रूपमा उनको छवि स्थापित छ।

क्षेत्र नं.-४ को विकासमा पक्षपात गरेको भन्ने आरोप एक पक्षबाट लागे पनि अर्काे पक्षले भने अघिल्ला प्रतिनिधिहरूको तुलनामा पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा उल्लेख्य काम भएको दाबी गरेको छ। सडक स्तरोन्नति, सामुदायिक संरचना विस्तार र सेवा प्रवाह सुधारमा कार्कीको सक्रियता मतदातामाझ सकारात्मक रूपमा प्रस्तुत भइरहेको छ।

युवामाझ बढ्दो आकर्षण, संगठनभित्रको मजबुत पकड र विकासका आधारमा मत माग्ने आत्मविश्वासका कारण सुनसरी-४ मा कार्कीको जितको आधार झन् बलियो बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। विपक्षी दलका आलोचनाबीच पनि जनतामाझ देखिएको उत्साहले यसपटकको निर्वाचनमा कार्कीलाई पुनः विजयतर्फ अग्रसर गराएको संकेत स्पष्ट देखिएको छ।

अगाडिकाे पाेस्ट

जेन–जीसँग प्रत्यक्ष संवाद : सुनसरी–४ मा ज्ञानेन्द्र बहादुर कार्कीको शालीन र स्पष्ट प्रस्तुति

अर्काे पाेस्ट

मोरङ ५ : युवा यादव र जनताले ‘ठुक्राएका’ यादवबीच प्रतिस्पर्धा, यादव समुदायको भोट कसलाई ?

सम्बन्धित अरु

राजनीति

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

राजनीति

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft