मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

दुहबीमा ‘जनप्रतिनिधि तथा कर्मचारीहरूलाई खुसी जीवन’ सम्बन्धी प्रवचन र ध्यान कार्यक्रम सम्पन्न

by By: The Our News
भदौ ३, २०८२
296

दुहबी, सुनसरी  ब्रह्मकुमारी राजयोग केन्द्र, दुहबीद्वारा आयोजित विशेष “जनप्रतिनिधि तथा कर्मचारीहरूलाई खुसी जीवन” विषयक प्रवचन तथा ध्यान कार्यक्रम आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छेदारले दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

उद्घाटन अवसरमा बोल्दै नगर प्रमुख गच्छेदारले राज्य सञ्चालन, जनप्रतिनिधि र कर्मचारीहरूको जिम्मेवारी अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण हुने भएकाले मानसिक शान्ति, आत्मिक बल र सकारात्मक सोचको आवश्यकता बढ्दै गएको बताए । उहाँले ब्रह्मकुमारी संस्थाले आयोजना गर्ने ध्यान र प्रवचन कार्यक्रमहरू समाजलाई नैतिक मूल्य, आध्यात्मिक चेतना र सन्तुलित जीवनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ब्रह्मकुमारी राजयोग केन्द्रका प्रशिक्षक तथा अध्यात्मिक प्रवचनकर्ताहरूले “खुसी जीवनका आधारहरू”, “तनावमुक्त कार्य–संस्कृति”, “आत्मज्ञान र सकारात्मक सोचको शक्ति” लगायतका विषयमा गहन प्रस्तुति दिनुभयो । सहभागीहरूलाई दैनिक जीवनमा ध्यान र राजयोग अभ्यासमार्फत शारीरिक, मानसिक र आत्मिक सन्तुलन कसरी कायम राख्ने भन्ने बारेमा व्यवहारिक अभ्याससमेत गराइएको थियो ।

साथै, वक्ताहरूले राजयोग ध्यानलाई केवल धार्मिक अभ्यास नभई, जीवनशैली सुधार गर्ने एक वैज्ञानिक विधि रहेको बताउँदै, नियमित ध्यानले तनाव नियन्त्रण, कार्यक्षमता वृद्धी र सामाजिक सद्भाव कायम गर्न सकिनेमा जोड दिनुभयो ।

कार्यक्रममा दुहबी नगरपालिकाका उप–प्रमुख, विभिन्न वडाध्यक्ष, नगर कार्यपालिकाका सदस्यहरू, प्रशासनिक कर्मचारी, स्थानीय विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, व्यवसायी तथा समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमहरूले आफ्ना व्यक्तिगत र पेशागत दायित्वलाई सहज बनाउन ठूलो सहयोग पुग्ने धारणा राखे ।

अन्त्यमा ब्रह्मकुमारी राजयोग केन्द्र, दुहबीकी संचालिकाले धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अगाडिकाे पाेस्ट

माओवादी केन्द्रको पदाधिकारी बैठक प्रचण्डको अध्यक्षतामा पेरिसडाँडामा शुरू ।

अर्काे पाेस्ट

सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft